रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमेली जनताको समृद्धिको आकाङ्क्षा पूरा गर्न आफू रुकुम पूर्वबाट उम्मेदवार बनेको बताएका छन्।
प्रेस सेन्टर नेपाल रुकुम पूर्वले आज रुकुमकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जिल्लाको इतिहास, भूगोल, संस्कृति, जातजाति सबैको भावनामा आधारित विकासको ढाँचा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
“जनयुद्धको आधार क्षेत्रको विकासलाई नयाँ ढङ्गले गति दिने मेरो सङ्कल्प छ । यहाँका जनताको भावना बुझेर जनताको अपेक्षा अनुसार यहाँबाट उम्मेदवारी दर्ता गराएको हुँ”, संयोजक दाहालले भने, “यहाँको भौतिक पूर्वाधारको विकास र विस्तार, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी सिर्जना र पर्यटन प्रवर्द्धनमा मेरो प्राथमिक विषय हुन् ।”
राजनीतिक रूपमा मात्रै नभई विकासका दृष्टिकोणबाट पनि समाजवादको बीउ रुकुम पूर्वबाट रोप्ने उद्घोष गर्दै संयोजक दाहालले समाजवादी क्रान्तिको आधारइलाका रुकुम पूर्व बन्ने विश्वास व्यक्त गरे । उनले आजै यहाँका सहिद परिवारसँग भेटघाट गर्नुका साथै स्थानीय जनसमुदायसँग अन्तक्र्रिया गरेका थिए ।

















निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया