बुधबार, वैशाख ९, २०८३

देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता

मेरोन्यूज २०८२ माघ ९ गते १५:५६

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ता गराएका उम्मेदवारमध्ये देशभरबाट ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

Advertisement
NiccNicc

निर्वाचन आयोगका अनुसार निर्धारित समयसीमाभित्र ४९ उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिएका हुन्।

यस्तै, पाँचजना उम्मेदवारविरुद्ध दाबी–विरोध दर्ता भएकोमा जाँचपछि एकजनाको उम्मेदवारी खारेज गरिएको आयोगले जनाएको छ। खारेज हुनेमा नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार रेशमलाल चौधरी रहेका छन्।

प्रतिक्रिया