शुक्रबार, माघ ९, २०८२

उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे रेशम चौधरी

मेरोन्यूज २०८२ माघ ९ गते १७:३५

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रहेका रेशमलाल चौधरीले उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्।

आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध चौधरी सर्वोच्च अदालत पुगेका हुन् ।

चौधरीले निर्वाचन अधिकृतले गैरकानुनी रुपमा आफ्नो उम्मेदवारी रद्द गरेको भन्दै निर्वाचन अधिकृतको कार्यालय, कैलाली क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको निर्णय बदर हुनुपर्ने माग गरेका छन् ।

चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट फागुन २१ को चुनावमा प्रत्यक्षतर्फ दिएकाे उम्मेदवारी बिहीबार निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको थियो।

प्रतिक्रिया