इनड्राइभद्वारा ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सम्पन्न

काठमाडाैं । विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले ‘इनड्राइभसँग सुरक्षित यात्रा तपाईंको रोजाइमा’ अभियानअन्तर्गत आफ्ना ड्राइभर पार्टनर्सका लागि विशेष सुरक्षा तालिमसत्र सम्पन्न गरेको छ । तालिममार्फत चालक सशक्तिकरण, सडक सुरक्षा प्रवर्द्धन तथा समुदायको समग्र कल्याणप्रतिको इनड्राइभको दीर्घकालीन प्रतिबद्धता पुनः पुष्टि गरिएको छ ।
उक्त तालिम इनड्राइभका ड्राइभर पार्टनर्सलाई सडक सुरक्षा अभ्यास, ट्राफिक नियमको पालना, जिम्मेवार ड्राइभिङ तथा पेसागत आचरणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो । सुरक्षित, विश्वसनीय र यात्रु–मैत्री राइड–हेलिङ वातावरण निर्माणमा चालकहरूको भूमिका अझ प्रभावकारी बनाउने विश्वास कम्पनीले लिएको छ ।
नियमित तथा गुणस्तरीय सुरक्षा तालिमलाई प्राथमिकतामा राख्दै इनड्राइभले आफ्ना ड्राइभरहरूलाई आर्थिक रूपमा मात्र होइन, आत्मविश्वासी, सचेत र वास्तविक सडक चुनौती सामना गर्न सक्षम बनाउने लक्ष्य लिएको जनाएको छ । तालिमको एक प्रमुख विशेषता इनड्राइभको ‘स्वतन्त्र छनोट’ मोडेलमाथि केन्द्रित रहनु भएको बताइएको छ, जसले ड्राइभरहरूलाई यात्रासम्बन्धी निर्णयहरू स्वतन्त्र रूपमा लिन सक्ने अधिकार प्रदान गर्छ ।
सुरक्षा शिक्षालाई स्वायत्ततासँग जोड्दै, इनड्राइभले सुरक्षा र सेवाको गुणस्तरमा सम्झौता नगरी दिगो र न्यायपूर्ण मोबिलिटी प्रणाली प्रवर्द्धन गरिरहेको बताइएको छ ।
तालिमको सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी सत्र नेपाल ट्राफिक प्रहरीका प्रतिनिधिहरूले सहजीकरण गरेका थिए । सो अवसरमा उनीहरूले सुरक्षित सडक सुनिश्चित गर्न प्लेटफर्म, चालक र सरोकारवाला निकायबीचको सहकार्य र साझा जिम्मेवारीको महत्त्वमाथि जोड दिएका थिए ।
इनड्राइभ नेपालकी ड्राइभर अपरेशन्स स्पेसलिस्ट सुनिता जिमी राईले चालक सशक्तिकरण केवल प्रविधि वा आम्दानीमा सीमित नरहेको बताइन् । ‘यो जिम्मेवार, सुरक्षित र दिगो मोबिलिटी संस्कृतिसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो’, उनले भनिन् । यस्ता तालिमहरूले चालकलाई यात्रु र आफ्नो सुरक्षाप्रति सचेत रहँदै जिम्मेवार निर्णय लिन सक्षम बनाउने उनको भनाइ छ ।
उनका अनुसार, यस्ता पहलमार्फत चालकहरू अझ आत्मविश्वासी, सचेत र पेशागत बन्दै जानेछन्, जसको प्रत्यक्ष प्रभाव यात्रु अनुभवमा पनि सकारात्मक रूपमा देखिनेछ । ‘सुरक्षा, पारस्परिक सम्मान, विश्वास र विश्वस्तरीय सेवा मापदण्डलाई केन्द्रमा राख्दै हामी समुदाय निर्माणमा प्रतिबद्ध छौँ’, उनले थपिन् ।
इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको समर्पण, जिम्मेवारीबोध र व्यावसायिकताको उच्च कदर गर्दै उनीहरूलाई सेवाको मेरुदण्डका रूपमा सम्मान गरेको छ । कम्पनीले चालकहरूको सुरक्षा, सीप विकास र सशक्तीकरणलाई सधैँ प्राथमिकतामा राख्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
यस पहलमार्फत इनड्राइभले नेपालमा समावेशी, सहयोगी र सशक्त राइड–हेलिङ समुदाय निर्माण गर्ने आफ्नो दृष्टिकोणलाई पुनः दोहोर्याएको छ । ‘इनड्राइभसँग सुरक्षित यात्रा तपाईंको रोजाइमा’ अभियानले चालकलाई सशक्त बनाउँदै सडक सुरक्षाप्रति जनचेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

















सशस्त्र प्रहरी र भारती सुरक्षा बलबीच समन्वायात्मक बैठक
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु
कालीकोटमा पेट्रोलियम पदार्थको बिक्रीमा रोक
निर्वाचनका लागि ११ दल र एक हजार ६७० उम्मेदवारले मात्र खोले बैंक खाता
‘स्ट्रबेरी’खेतीले बढायो ‘एग्रो–टुरिजम’को आकर्षण
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
रास्वपा छोडेका बागमती उपसभापति हुमागाईँ कांग्रेसमा प्रवेश
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
प्रतिक्रिया