स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता

वालिङ (स्याङ्जा)। स्याङ्जामा चार जनाले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले आज उम्मेदवारी फिर्ताको समय तोकेकोमा प्रगतिशील लोकतान्त्रिक पार्टीसहित चार जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकामध्ये स्याङ्जाको क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवारी दिनुभएका मनोज नेपाली दर्जी आफैँले उम्मेदवारी फिर्ता लिनुभएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए।
स्याङ्जा क्षेत्र नं १ मा १३ जनाले उम्मेदवारी दर्ता गराएकोमा एक जनाले फिर्ता लिएपछि अब १२ जना चुनावी मैदानमा उत्रिने भएका हुन् ।
क्षेत्र नं २ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार टीकाराम रेग्मीले उम्मेदवारी फिर्ता लिनुभएको सो निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिनुभयो । उनका अनुसार स्वतन्त्र उम्मेदवारी दिनुभएका घनश्याम पाण्डे र दिलीप श्रेष्ठ आफैँले तोकिएको अवधिभित्र उम्मेदवारी फिर्ता लिएका छन् ।
















निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
निर्वाचन प्रहरी भर्नाः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
प्रतिक्रिया