दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म

चन्द्रपुर (रौतहट)। विगत ३५ वर्षदेखि दलित समुदायको हकअधिकारका क्षेत्रमा वकालत गर्दै आएका धर्मेन्द्र पासवान राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसको तर्फबाट दलित ‘क्लष्टर’बाट उम्मेदवारी दर्ता गराउनुभएका पासवान आइतबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा निर्वाचित भएका हुन् ।
उनले सात हजार ९०४ मतभार प्राप्त गरे ।का प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका रामनन्द प्रसादले एक हजार ३७६ जनता समाजवादी पार्टीकी चमेली देबी दासले २०९ मतभार प्राप्त गरे । निर्वाचित पासवानले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए ।
उनी लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध हुनुहुन्थ्यो । नेता पासवानले बाल्यकालदेखि नै समाजमा व्याप्त विभेद, अन्याय र बहिष्करण विरुद्ध आवाज उठाउँदै आएका थिए। रौतहट परोहा नगरपालिका–३ का पासवानले राजनीति शास्त्रमा स्नातक गर्नुभएको छ । साधारण परिवारमा जन्मिनु भएका पासवानले बाल्यकालमै दलित समुदायले भोग्दै आएको पीडा, अपमान र अवसरको अभाव नजिकबाट अनुभव गरेका थिए।
यही अनुभवले पद र प्रतिष्ठाभन्दा माथि उठेर दलित हकअधिकार, सामाजिक न्याय र समावेशी लोकतन्त्रको स्थापनाका लागि निरन्तर आफूलाई सङ्घर्षरत रहेको उनको भनाइ छ । पासवानले विभिन्न गैरसरकारी संस्थामार्फत समाजसेवामा उल्लेखनीय योगदान पु¥याएबापत अन्तरराष्ट्रियस्तरका पुरस्कार प्राप्त गरेका छन् ।
हाल उनी दलित सङ्घको केन्द्रीय महासचिवको जिम्मेवारीमा पनि हुनुहुन्छ । दलित समुदायको हकअधिकारका लागि आफू निरन्तर सङ्घर्षरत रहेपनि सोचे जस्तो उपलब्धि प्राप्त गर्न नसकेको उनको गुनासो छ । दलित समुदायको आर्थिक समाजिक विकासका लागि अझै पनि निस्वार्थ भएर लडिरहने उनको प्रतिबद्धता छ ।
पासवानले राष्ट्रिय सभामा गएर पनि दलित समुदायको उत्थानका लागि आवाज बुलन्द गर्ने प्रतिक्रिया दिनुभयो । “म दलितको मुद्दालाई राष्ट्रियसभा मार्फत उठाउनेछु”, उनले भने, “दलित मुक्तिको आन्दोलनमा जहाँ रहेर भएपनि सधैँ मेरो सहभागिता, समर्थन रहनेछ ।”
उनको जीवनशैली सरल, अनुशासित र जनमुखी रहेको नेपाली कांग्रेस मधेस प्रदेशका प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले बताए । “आर्थिक रूपमा सामान्य पृष्ठभूमिबाट आउनुभएका पासवान विलासी जीवनभन्दा जनताको सेवामा रमाउने नेताका रूपमा चिनिनुहुन्छ,”, गुप्ताले भने, “उच्च सोच, कम अपेक्षा र दृढ इमानदारी उनको पहिचान हो ।”















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
प्रतिक्रिया