सोमबार, माघ १२, २०८२

नेपालगञ्ज पुगे बालेन

मेरोन्यूज २०८२ माघ १२ गते १५:४८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेपालगन्ज पुगेका छन् । उनी नेपालगञ्ज विमानस्थलमा ओर्लंदा स्वागतमा ठूलो संख्यामा मानिसहरूको भिड जम्मा भएको थियो।

यसअघि कोशी प्रदेशका पहाडी जिल्लाहरूको भ्रमण गरी काठमाडौं फर्किएका उनी सुदूरपश्चिम भ्रमणका लागि आज नेपालगञ्ज पुगेका हुन् ।

रास्वपाका वरिष्ठ नेता शाह आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्दै छन् ।

रास्वपाले बालेनलाई प्रधानमन्त्रीको भावी उम्मेदवारको रूपमा अघि सारेको छ ।

प्रतिक्रिया