ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर

काठमाडौँ। सामान्यता ठूला मानिसलाई हुने ‘ग्यास्ट्रिक’ बालबालिका पनि हुने गर्दछ । बालबालिकालाई ‘एच प्योलोरी’ भन्ने किटाणुको सङ्क्रमणको कारणले ‘ग्यास्ट्रिक’ हुन्छ । यो कीटाणुको सङ्क्रमण बच्चादेखि नै हुन्छ । जब बच्चा चिल्लोपिरो, जङ्कफुड खाने गर्दछन् तव ‘ग्यास्ट्रिक’ हुन्छ ।
यस्तै ‘पेनकिलर’ले पनि बच्चालाई ‘ग्यास्ट्रिक’ बनाउने गरेको कान्ति बाल अस्पतालका बच्चाको पेटसम्बन्धी चिकित्सक डा सुमित अग्रवालले जानकारी दिए । बयस्क मानिसलाई ‘ग्यास्ट्रिक’ले पेट दुख्ने, खाना नरुच्ने, मुखमा अमिलो आउने गर्दछ । बालबालिकालाई भने पनि मुखबाट अमिलो पानी आउने, बिहान र साँझ पेट दुख्ने, कसैलाई खाना खाएपछि धेरै पेट दुख्ने, कसैलाई खाना खाएपछि कम हुने, लगातार बान्ता आउने, पेट फुल्नेजस्ता समस्या देखा पर्दछन् ।
यसपछि बच्चाको आहार घट्दै जान्छ र उपचार ढिला हुँदा विस्तारै तौल घट्दै जान्छ । समयमा उपचार नगरे ग्यास्ट्रिकले पेटको दुखाइको मात्रा बढेपछि मुखबाट रगतसमेत आउन सक्ने, पेटको सानो आन्द्राको प्वाल खुम्च्याउने, सानो आन्द्राको पहिलो भागमा अल्सरजस्ता समस्या देखापर्ने उनले बताए।
उनका अनुसार कान्ति अस्पतालमा दिनमा दुइ–तीन ‘ग्यास्ट्रिक’ भएका बालबालिका आउने गर्दछन् । यस्तै रगत नै बान्ता गर्ने बिरामी हप्तामा एक÷दुई जना अस्पताल आउने गरेका छन् । चिकित्सक डा अग्रवालले हप्तामा तीनदेखि पाँचको इन्डोस्कोपी गरेपछि ७५ प्रतिशतमा बालबालिकामा ‘एच प्योलोरी’ किटाणुको सङ्क्रमण हुने गरेको बताए ।
शरीरमा चाहिनेभन्दा बढी मात्रामा एसिड उत्पादन हुनुलाई सामान्यतया ग्यास्ट्रिक भनिन्छ । उनका अनुसार सामान्यता १८ महिनादेखि १४ वर्ष मुनिका बालबालिकामा ‘एच प्योलोरी’ किटाणुको सङ्क्रमण हुने र ‘ग्यास्ट्रिक’ देखिने गर्दछ । एच प्योलोरी भन्ने किटाणुका कीटाणु सानै उमेरदेखि शरीरमा भए पनि सात/आठ वर्ष नाघेपछि मात्रै यसको लक्षण देखा पर्छ । डा अग्रवालले ‘एच प्योलोरी’ जिवाणु औषधि दुई हप्ता खाएपछि निको हुने बताए ।
















ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
स्ट्याक्स नेपालले टि-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
प्रतिक्रिया