सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि भुवनलाई

बर्दिबास (महोत्तरी) । भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टुर अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जितेका छन्।
आज बर्दिबासस्थित पार-७२को मिथिला नगरी आर्मी गल्फ क्लबमा उनले २-अन्डर ७० को स्कोर गर्दा कुल ९-अन्डर २ सय ७ स्कोर खडा गरे।
भुवनले नेपाल नम्बर एक प्रो निरज तामाङसँगै टंक बहादुर कार्की र भुवन कुमार रोक्कालाई १० स्ट्रोकले हराउँदै करियरको १२ औं उपाधि जिते। ट्रफीसँगै उनले १ लाख ७० हजार रुपैयाँ हात पारे।
निरजले इभन-पार ७२ को स्कोर निकाल्दा टंक र भुवनले २-ओभर ७४ मा अन्तिम दिनको खेल सकाए। यो सँगै समग्रमा १-ओभर २ सय १७ को नतिजामा संयुक्तरुपमा दोस्रो स्थान बाँडे। उनीहरूले जनहि १ लाख २ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार पाए।
जयराम श्रेष्ठले २-अन्डर ७० र धन बहादुर थापाले १-अन्डर ७१ को सहित समग्रमा २-ओभर २ सय १८ को स्कोरमा संयुक्त पाँचौँ स्थानमा प्रतियोगिता सकाए। दुवैले ६८ हजार रुपैयाँ प्राप्त गरे।
दिनेश प्रजापतिले इभन-पार ७२ खेल्दा ४-ओभर २ सय २० को स्कोरमा सातौँ स्थान प्राप्त गरे । उनले ५७ हजार रुपैयाँ पुरस्कार हात पारे। कुमार कामीले १-ओभर ७३ खेल्दै समग्रमा ५-ओभर २ सय २१ स्कोरसहित आठौँ स्थानमा रहँदै ५१ हजार रुपैयाँ प्राप्त गरे।
सुमन परियार र सञ्जय लामा ६-ओभर २ सय २२ स्कोरसहित संयुक्तरुपमा नवौँ स्थानमा रहे। दुवैले ४४ हजार रुपैयाँ पाए। यस्तै रवि खड्का र बलभद्र राईले समग्रमा २ सय २५ स्कोरसहित ११औँ स्थान बाँडे। उनीहरूले समान ३६ हजार ५ सय रुपैयाँ प्राप्त गरे।
एमेच्योरतर्फ सुन्दर राईले उपाधि जिते। उनले आज इभन -पार ७२ खेल्दै समग्रमा ५-ओभर २ सय २१ स्कोरसहित प्रकृत तामाङलाई १६ स्ट्रोकले माथ दिए। २१-ओभर २ सय ३७ स्कोर सहित प्रकृत तामाङ दोस्रो भए।
विजेता भुवनले फ्रन्ट नाइन १-अन्डर ३५ खेले। तेस्रो र पाँचौँ होलमा बर्डी प्रहार गरेका उनले चौथो होलमा एक सट खेर फाले। यसपछि ११औँ, १५औँ र १६औँ होलमा बर्डीको सफलता प्राप्त गर्दा १३औँ र १४औँ होलमा बोगी खेप्दै ब्याक नाइन पनि १-अन्डर ३५ खेले। उनले पहिलो दिन ५-अन्डर ६७ को कोर्स रेकर्ड बनाएका थिए भने दोस्रो दिन २-अन्डर ७० खेलेका थिए।
निरजले फ्रन्ट र ब्याक नाइन दुवै इभन-पार ३६ खेले। उनले आठौं र १६औं होलमा बर्डी र पाँचौं र १३औं होलमा बोगी खेप्दा बाकी १४ वटा होलमा पार बचाए।
टंकले भने फ्रन्ट र ब्याक नाइन दुवै १-ओभर ३७ मा सकाए। दोस्रो होलमा बर्डी प्रहार गरेका उनले पाँचौं र आठौ होलमा बोगीको समान गरे। यसपछि ब्याक नाइनमा १४ औं होलमा एक सट खेर फाले।
भुवन कुमार रोक्काले भने पाँचौं होलको बोगीका विरूद्ध आठौं होलको बर्डीले इभन-पार ३६ खेले। यसपछि १०औं होलामा बर्डी प्रहार गरेका उनले ११औं, १४औं र १८औं होलामा बोगी खेप्दै ब्याक नाइन २-ओभर ३८ मा सकाए।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई मधेस प्रदेश प्रमुख मा. सुरेन्द्र लाभ कर्ण, मध्यपुर्वी पृतनाका पृतनापति उपरथी कृष्ण बहादुर जीसी, मधेस प्रदेश प्रमुख सचिव कमल भट्टराई र सूर्य नेपाल प्रालिका कर्पोरेट उपाध्यक्ष रवि केसिले पुरस्कार वितरण गरे।
सूर्य नेपाल प्रा.लि.को प्रायोजनमा नेपाल पीजीएद्वारा आयोजित ५४ होलको प्रतियोगितामा ३० प्रो र ६ एमेच्योर गरी कुल ३६ गल्फरको सहभागिता रहेको थियो।
















वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
भारतीय दूतावासद्वारा नागरिकलाई इरानबाट तुरुन्त बाहिरन आग्रह
राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिको पदबहाली
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रतिक्रिया