दलका घोषणापत्रमा आर्थिक मुद्दाले प्राथमिकता पाउन सकेनन् : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलका घोषणापत्रमा आर्थिक मुद्दाले प्राथमिकता पाउन नसकेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रमा आफ्नो धारणा राख्दै अध्यक्ष ढकालले राजनीतिक दलहरू आफ्नो एजेन्डा भन्दा पनि अन्य दलहरूलाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति मौलाएको र त्यसो हुन नहुने बताए ।
कुनै पनि दलका घोषणापत्रमा अहिलेसम्म निजी क्षेत्र र आर्थिक मुद्दा प्राथमिकतामा नपरेको उनले बताए ।
‘हाम्रोमा एउटा राजनीतिक दलका नेताले अर्काे दललाई नराम्रो देखाउने प्रचलन छ । आफ्ना एजेण्डा स्थापित गर्नतर्फ कोही लाग्दैनन्,’ ढकालले भने ।
उनले दलहरू आफ्नो आर्थिक एजेन्डाका आधारमा प्रतिष्पर्धामा उत्रिएनु पर्ने बताएका छन्।
अध्यक्ष ढकालले निजी क्षेत्रप्रति राजनीतिक दलको धारणा नकारात्मक हुने गरेकोले पनि विभिन्न समयमा त्यसको असर भोग्नु परेको बताए ।
‘निजी क्षेत्रले राज्यमा गरेको योगदानको चर्चा राजनीतिका नेतृत्व र दलबाट हुन सकेको छैन । रोजगारी सृजनाका कुरा, कर तिरेका कुरा किन चर्चा हुँदैन ?’ उनले भने, ‘मन्त्रालय मन्त्रालयबीच कोडिनेसन छैन । डिसिजन गर्दा पपुलरिजन खोज्ने गरेका छन् । राज्यलाई क्षति हुने नै भए पनि चर्चा बटुल्न जस्ता पनि निर्णय गर्ने प्रचलन बढेको छ ।’
निजी क्षेत्रलाई राज्यले प्रमोट र प्रोटेक्सन नगर्ने हो भने अर्थतन्त्र चलायमान हुन नसक्ने ढकालको भनाइ छ ।


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
प्रतिक्रिया