मकालुमा ट्याक्टरले किचेर मजदुरको मृत्यु

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको मकालु गाउँपालिका-५ मुढेमा ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु भएको छ ।
गएराति मकालु-५ मुढेमा ना५त ७०८१ नं को ट्याक्टरले किचेर उत्तर-दक्षिण कोशी राजमार्गमा कार्यरत मजदुर नेमलाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए ।
तामाङ गुडिरहेको ट्याक्टरबाट खस्नुभएकामा पछाडिको टायरले किचेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मैनालीले बताउनुभयो । मृतक तामाङ उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गत निर्माणाधीन खाँदबारी-किमाथाङ्का सडकखण्ड कार्यरत मजदुर हुन् ।
घटनालगत्तै सिन्धुली घर भई हाल सङ्खुवासभा बस्दै आएका चालक फरार रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।
प्रहरीले उक्त ट्याक्टर मकालु-५ स्थित नुम बजारमा पार्किङ गरी राखेको अवस्थामा नियन्त्रणमा लिइएर नुम प्रहरी चौकीले जनाएको छ । घटनास्थल नुम प्रहरी चौकीबाट १५ किलोमिटरको दूरीमा पर्दछ ।
मृतकको शव जिल्ला अस्पताल खाँदबारी ल्याउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक मैनालीले जानकारी दिनुभयो । फरार रहेका चालकको खोजी भइरहेको छ भने घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
















हिउँले ढाकिएको छाङ्रूमा पहरा गर्दै सशस्त्र
चितवन पुगे रवि लामिछाने
पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन
मकालुमा ट्याक्टरले किचेर मजदुरको मृत्यु
कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बालेनलाई आयोगले दोस्रोपटक सोध्यो स्पष्टीकरण, २९ लाई साेधेकाेमा १४ जनाले मात्रै दिए जवाफ
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
संसद्मा प्रधानमन्त्रीको पहिलो सम्बोधन- तोकिएकै समयमा निष्पक्ष निर्वाचन हुन्छ
प्रतिक्रिया