इरान–अमेरिका अप्रत्यक्ष वार्ता बीच नयाँ प्रतिबन्ध घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानको तेल कारोबारसँग सम्बन्धित विभिन्न निकाय र व्यक्तिमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ। प्रतिबन्धको सूचीमा १५ वटा संस्थान, दुई जना व्यक्ति तथा तथाकथित छायाँ जहाज समूहमा पर्ने १४ वटा जहाज समावेश छन्।
अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इरानी शासनले गैरकानुनी रूपमा गर्दै आएको तेल तथा पेट्रोकेमिकल निर्यातलाई रोक्न प्रशासन प्रतिबद्ध रहेको जनाएको छ। मन्त्रालयका अनुसार यो कदम इरानमाथि दबाब बढाउने रणनीतिअन्तर्गत लिइएको हो।
यो घोषणा ओमानको मस्कटमा सम्पन्न अमेरिका र इरानबीचको अप्रत्यक्ष वार्ता सकिएको दिनमै सार्वजनिक गरिएको हो। इरानको सरकारी समाचार संस्थाका अनुसार इरानी विदेश मन्त्री सैयद अब्बास अराघचीले उक्त वार्ता पूर्ण रूपमा आणविक विषयमै केन्द्रित रहेको स्पष्ट पारेका छन्।
उनका अनुसार तेहरानले वाशिङ्टनसँग अन्य कुनै विषयमा छलफल गरेको छैन। अराघचीले विगतमा भएका व्यवहार र अनुभवका कारण दुवै देशबीच गहिरो अविश्वास कायम रहेको उल्लेख गर्दै यही अविश्वास नै वार्ताका लागि सबैभन्दा ठूलो चुनौती बनेको बताएका छन् ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया