भारत–मलेसिया सेमिकन्डक्टर सहकार्य विस्तार

भारत र मलेसियाले आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीको मलेसिया भ्रमणका क्रममा सेमिकन्डक्टर क्षेत्रमा आपसी साझेदारीलाई अझ गहिरो बनाउने प्रतिबद्धता जनाएका छन् । हिन्द महासागर क्षेत्रका छिमेकी राष्ट्रहरू व्यापार र सुरक्षा सम्बन्ध विस्तारतर्फ अग्रसर भइरहेका बेला दुवै देशले प्रविधि–आधारित सहकार्यलाई प्राथमिकता दिने सङ्केत गरेका छन् ।
प्रधानमन्त्री मोदी शनिबार मलेसिया पुगेका हुन् । यो एक दशकभन्दा बढी समयपछि भएको उनको पहिलो भ्रमण हो । भ्रमणका क्रममा उनले मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमसँग नवीकरणीय ऊर्जा, स्वास्थ्य सेवा र कृत्रिम बौद्धिकता (एआई) लगायत विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
प्रधानमन्त्री मोदीले एआई र डिजिटल प्रविधिसँगै सेमिकन्डक्टर, स्वास्थ्य र खाद्य सुरक्षामा पनि साझेदारीलाई अगाडि बढाइने बताए । उनले यी क्षेत्रहरू दुवै देशका लागि दीर्घकालीन रणनीतिक महत्त्वका विषय भएको उल्लेख गरे ।
प्रधानमन्त्री अनवर इब्राहिमले भारत र मलेसियाबीच भएको यो भेटवार्ता र आदानप्रदानलाई अत्यन्तै महत्त्वपूर्ण र रणनीतिक बताए । मलेसियाको प्रशासनिक राजधानी पुत्रजयामा आयोजित पत्रकार सम्मेलनमा उनले यसले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ र प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे ।
मलेसिया सरकारको तथ्याङ्कअनुसार सेमिकन्डक्टरको विश्वव्यापी निर्यातमा मलेसिया छैटौँ स्थानमा रहेको छ । यस क्षेत्रले मलेसियाको कुल घरेलु उत्पादनमा करिब २५ प्रतिशत योगदान पुर्याउने गरेको छ, जसले यसको आर्थिक महत्त्व स्पष्ट गर्छ ।
भारतको विदेश मन्त्रालयले दक्षिणपूर्वी एसियाली राष्ट्र मलेसियासँग बलियो सेमिकन्डक्टर इकोसिस्टम रहेको जनाएको छ । मन्त्रालयका अनुसार मलेसियासँग यस क्षेत्रमा करिब ३० देखि ४० वर्षको अनुभव रहेको छ, जसले भारतका लागि उपयोगी अवसर सिर्जना गर्न सक्छ ।
मन्त्रालयले अनुसन्धान तथा विकासदेखि निर्माण र परीक्षण प्लान्टसम्मका क्षेत्रमा भारतीय कम्पनीहरू मलेसियासँग सहकार्य गर्न इच्छुक रहेको जानकारी पनि दिएको छ । उदाहरणका रूपमा, टाटा इलेक्ट्रोनिक्सले गत जुनमा मलेसियामा फेब्रिकेसन वा आउटसोर्स सेमिकन्डक्टर एसेम्बली तथा परीक्षण प्लान्ट खरिदका लागि विश्वव्यापी सेमिकन्डक्टर कम्पनीहरूसँग वार्ता गरिरहेको समाचार भारतीय र मलेसियाली सञ्चारमाध्यमहरूले जनाएका थिए ।
इन्डिया ब्रान्ड इक्विटी फाउन्डेसनका अनुसार गत वर्ष भारतले मुख्यतया इन्जिनियरिङ र पेट्रोलियम उत्पादनमा सात अर्ब ३२ करोड डलर बराबरको सामान मलेसियामा निर्यात गरेको थियो । त्यस्तै मलेसियाबाट १२ अर्ब ५४ करोड डलर मूल्यका खनिज, वनस्पति तेल तथा विद्युतीय मेसिनरी र उपकरण भारतमा आयात हुने गरेको छ ।
मलेसियामा भारतीय मूलका नागरिकको ठूलो जनसङ्ख्या पनि रहेको छ । आधिकारिक तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको करिब ६।८ प्रतिशत, अर्थात् झन्डै ३० लाख मानिस भारतीय मूलका छन् ।
प्रधानमन्त्री मोदीले यस डायस्पोरालाई भारत र मलेसियाबीचको ‘जीवित पुल’ को संज्ञा दिँदै उनीहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताए । उनले प्रवासी भारतीयहरूको कल्याणका लागि चालिने कदमहरूले दुई देशबीचको सम्बन्धलाई मानवीय आधार प्रदान गर्ने विश्वास व्यक्त गरे ।
















युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
Tourism entrepreneurs troubled due to lack of separate bus park for tourist buses
दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै
देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
प्रतिक्रिया