रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ

मस्को– रुसी वरिष्ठ सैन्य गुप्तचर अधिकारी भ्लादिमिर एलेक्सेयेभलाई मस्कोमा गोली हानेर घाइते बनाएको आरोपमा एक जना रुसी व्यक्तिलाई दुबईबाट पक्राउ गरिएको रुसी एफएसबी सुरक्षा सेवाले आइतबार जनाएको छ ।
संयुक्त अरब इमिरेट्स (युएई) भागको आरोप लागेका ६० वर्षीय ती व्यक्तिलाई दुबईमा पक्राउ गरी रुसलाई सुपुर्दगी गर्ने प्रक्रिया अघि बढाइएको रुसी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।सन् २०२२ को फेब्रुअरीमा रुसले आफ्नो छिमेकीविरुद्ध पूर्ण सैन्य आक्रमण सुरु गरेयता रुस र मस्कोको नियन्त्रणमा रहेको युक्रेनी क्षेत्रमा धेरै उच्च पदस्थ सैन्य अधिकारीहरूको हत्या भएको छ ।
रुसको जीआरयू सैन्य गुप्तचर सेवाका उपप्रमुख एलेक्सेभ शुक्रबार मस्कोस्थित एक अपार्टमेन्टमा गोली लाग्दा सख्त घाइते भएपछि अस्पताल भर्ना गरिएको थियो ।साइबर आक्रमण र सन् २०१८ मा बेलायतमा रुसबाट भागेर आएका सेर्गेई स्क्रिपलमाथि नर्भ एजेन्ट आक्रमण गरेको आरोपमा उनीमाथि पश्चिमा देशहरुबाट प्रतिबन्ध लगाइएको छ।
रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले युक्रेनमाथि गोलीकाण्डको योजनाकार रहेको आरोप लगाएका छन् ।
युद्ध सुरु भएदेखि नै धेरै उच्च पदस्थ रूसी सैन्य अधिकारीहरूको हत्याको जिम्मेवारी लिएको किएभले यस विषयमा कुनै टिप्पणी गरेको छैन ।
















अनर ६०० लाइट नेपाली बजारमा, प्रि-बुकिङमा १६ हजारकाे स्मार्टवाच निःशुल्क
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
बालसुधार गृह सञ्चालन गर्न आर्थिक समस्यामा
नवलपरासीमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया