बैतडीको सिगासमा एक पुरुष मृत फेला
मेरोन्यूज
२०८२ माघ २६ गते १४:४१

दशरथचन्द (बैतडी) । बैतडीको सिगासमा एक पुरुष मृत फेला परेका छन् ।
सिगास गाउँपालिका–१ दुदीलाखानका ३५ वर्षीय खडकबहादुर विष्ट आज बिहान १० बजेतिर मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
आइतबार राति ९ बजेतिर घरबाट बजार जान्छु भनी निस्केका विष्ट घरबाट करिब १०० मिटर टाढा गोरेटो बाटोको छेउमा मृत अवस्थामा फेला परेको उनले बताए।
विष्टको शव फेला परेको विषयमा प्रहरीलाई जानकारी आएपछि इलाका प्रहरी कार्यालय पाटनबाट घटनास्थलतर्फ प्रहरी टोली गएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
इटालीमाथि स्कटल्याण्ड ७३ रनले विजयी
नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल
पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु
महोत्तरीका मतदाता भन्छन् : समयमा मलखाद, बीउ र सुलभ ऋण कसरी पाइन्छ ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
रास्वपा पूरानाे हाे, सबैभन्दा नयाँ नेपाली कम्युनिस्ट पार्टी हो : प्रचण्ड
प्रतिक्रिया