जस्मिन पेन्ट्सको ‘जापान भ्रमण’ योजनाको विजेतालाई टिकट हस्तान्तरण
मेरोन्यूज
२०८२ माघ २६ गते १३:५०

काठमाडौँ । जस्मिन पेन्ट्सको उपभोक्ता योजना “चाडपर्वको उमङ्ग, जापान घुमौँ जस्मिन पेन्ट्ससँग” का विजेतालाई जापान भ्रमणको टिकट हस्तान्तरण गरिएको छ।
ब्रान्ड एम्बेसडर पारस खड्काको उपस्थितिमा गरिएको लक्की ड्रमार्फत बाँकेको कोहलपुर–कौशिलानगरकी देवी बुढा विजेता छनोट भएकी थिइन्। कोहलपुरस्थित एस.के. ट्रेडर्स एण्ड सप्लायर्समा आयोजित कार्यक्रममा कम्पनीका निर्देशक सौगात अर्याल र कन्ट्री म्यानेजर डिल्लीराम पौडेलले बुढालाई जापान भ्रमणको टिकट हस्तान्तरण गरे।
३२ वर्षदेखि रङ उत्पादन गर्दै आएको जस्मिन पेन्ट्सले ग्राहकलाई पुरस्कृत गर्ने उद्देश्यले योजना सञ्चालन गरेको जनाएको छ। “नेपाली मनको रङ” भन्ने नारासहित कम्पनीले आगामी दिनमा पनि गुणस्तरीय उत्पादन देशभर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
सम्बन्धित
















पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद
मल आपूर्ति सुनिश्चित गर्नुपर्ने अखिल नेपाल किसान महासङ्घको माग
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
प्रतिक्रिया