आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी

इरानका राष्ट्रपति मसुद पेजेस्कियनले पश्चिमा मुलुक र अमेरिकाले अत्यधिक कडा माग गरेका कारण तेहरान र वासिङ्टनबीचको आणविक वार्ताको प्रगतिमा बाधा पुगेको बताएका छन् ।
सन् १९७९ को इस्लामिक क्रान्तिको ४७ औं वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले आणविक वार्ताको प्रगतिमा बाधक इरान नभएको दावी गर्दै यसको दोष पश्चिमा गठबन्धनलाई दिए ।
राष्ट्रपति पेजेश्कियानले इरानले आणविक हतियारको खोजी नगरेको र कुनै पनि प्रमाणीकरणका लागि तयार रहेको जिकिर गरे । “हामी विश्वास के कुरामा विश्वास गर्छौं भने यस क्षेत्रका समस्याहरू क्षेत्रीय देशहरूले मात्र समाधान गर्न सक्छन्, विदेशी राष्ट्रहरूले होइन,” उनले भने ।
“इरानले कहिले पनि अत्यधिक माग र आक्रामकताको अगाडि आत्मसमर्पण गर्ने छैन,” उनले भने । यसैबीच, पेजेस्कियानले इरान इमान्दारिताका साथ कूटनीतिको बाटोमा हिँडिरहेको र क्षेत्रीय शान्ति सुनिश्चित गर्न पश्चिम एशियाका देशहरूसँग अन्तरक्रिया गरिरहेको बताए।
देशमा हालैको अशान्तिको बारेमा राष्ट्रपति पेजेश्कियानले भने, “आफ्नो प्रशासनले इरानी जनताको समस्या समाधानका लागि हरसम्भव प्रयास गरिरहेको छ र इरानलाई अन्य कुनै पनि कुराभन्दा आन्तरिक एकताको आवश्यकता छ।” उनले घरेलु आर्थिक विकासलाई गति दिन इरानले अन्तर्राष्ट्रिय बजार, विशेष गरी मुस्लिम र छिमेकी देशहरूको बजारमा पहुँच प्राप्त गर्नुपर्ने बताए ।
















युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
Tourism entrepreneurs troubled due to lack of separate bus park for tourist buses
दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै
देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ
प्रतिक्रिया