विश्वकपमा आज तीन खेल, पहिलो खेलमा अस्ट्रेलिया र जिम्बाबेको प्रतिस्पर्धा हुँदै
मेरोन्यूज
२०८२ फागुन १ गते ८:१८

काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार तीन खेल हुँदैछन् । शुक्रबार समूह ‘बी’, ‘डी’ र ‘ए’का तीन खेल हुन लागेका हुन् ।
पहिलो खेलमा समूह ‘बी’को अस्ट्रेलिया र जिम्बाबेले प्रतिस्पर्धा गर्दैछन् । पहिलो खेलमा विजयी भएका दुवै टिम दोस्रो जितको खोजीमा हुनेछन् ।
यो खेल बिहान ११ बजेर १५ मिनेट जाँदा श्रीलंकाको कोलम्बोमा सुरु हुँदैछ ।दोस्रो खेलमा समूह ‘डी’का क्यानडा र यूएई प्रतिस्पर्धा गर्दैछन् । यो खेल दिउँसो ३ बजेर १५ मिनेटमा भारतको दिल्लीमा हुँदैछ । एकएक खेल खेलेका क्यानडा र यूएई विश्वकपमा जितबिहीन छन् ।
शुक्रबारको अन्तिम खेलमा नेदरल्यान्ड्स र अमेरिका प्रतिस्पर्धा गर्दैछन् । समूह ‘ए’का यी दुई देशको खेल साँझ ७ बजेर १५ मिनेटमा चेन्नईमा सुरु हुँदैछ । नेदरल्यान्डले दुई खेल खेल्दा एउटा जित र एक हारको सामना गरेको छ भने अमेरिका जितबिहीन छ ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया