सुडानमा हिंसा तीव्र, मानवीय सङ्कट जटिल बन्दै

सुडानको कोर्डोफान क्षेत्रमा पछिल्ला दिनहरूमा ड्रोन आक्रमण तीव्र रूपमा बढेका छन् । ती आक्रमणले व्यापारिक सवारी साधन, सञ्चार सञ्जाल तथा यातायात मार्गमा अवरोध पु¥याएको छ, जसका कारण मानवीय सहायता वितरण प्रभावित भएको बताइएको छ ।
यसैगरी दक्षिण कोर्डोफानको राजधानी काडुग्ली तथा आसपासका क्षेत्रमा स्वास्थ्य केन्द्र लक्षित आक्रमण हुँदा कम्तीमा चार स्वास्थ्यकर्मीको मृत्यु भएको र २० भन्दा बढी व्यक्ति घाइते भएको जानकारी दिइएको छ । यसले पहिले नै कमजोर अवस्थामा रहेको स्वास्थ्य सेवा प्रणालीमा थप दबाब सिर्जना गरेको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार उत्तर कोर्डोफानमा करिब ८०० भन्दा बढी व्यक्ति सुरक्षित स्थानतर्फ सरेका छन् भने अन्य क्षेत्रमा हजारौँ मानिस विस्थापित भएका छन् ।
विस्थापितहरूलाई आश्रय, खाद्यान्न, स्वच्छ पानी, स्वास्थ्य सेवा तथा सुरक्षाको तत्काल आवश्यकता रहेको उल्लेख गरिएको छ । मानवीय सहायता छिटो, सुरक्षित र अवरोधरहित रूपमा उपलब्ध गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ ।
















पहुँचका भरमा कर्मचारीले लिएका गाडी धमाधम फिर्ता लिँदै सरकार
बागलुङमा पालिकाबाटै स्थायी लेखा नम्बर वितरण
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
काठमाडौँमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
संसद् राेकेर सरकारले ल्यायो दुई वटा अध्यादेश
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया