अफगानिस्तानको दुई सडक दुर्घटनामा ६ जनाको मृत्यु, १४ घाइते

अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा शनिबार राति भएको दुईवटा सडक दुर्घटनामा कम्तीमा ६ यात्रुको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । घाइतेहरूमा महिला र बालबालिकाहरू पनि छन् ।
पहिलो दुर्घटना कराबाग जिल्लामा भएको थियो, जसमा पाँच यात्रुको मृत्यु भएको छ, त्यसमा दुई महिला र एक बच्चा रहेका छन् । यस दुर्घटनामा दुई जना घाइते भएका थिए ।
केही मिनेटको अन्तरमा सोही सडकमा अर्को दुर्घटना पनि भएको थियो । यसमा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर छ ।
प्रहरी तत्काल दुर्घटना स्थलमा पुगेका र घाइतेहरूलाई नजिकको अस्पतालमा पु¥याएका थिए । प्रहरीका अनुसार, हतारमा गाडी चलाउनु र सडकमा अन्धकार भएका कारण यी दुःखद दुर्घटनाहरू भएका हुन् ।
गत साता उत्तरी बडाख्शान प्रान्तमा पनि यस्तै सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको र तीन जना घाइते भएका थिए ।
















अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
‘एमआरपी’ कार्यान्वयन गर्न खोज्दा वीरगञ्ज भन्सारको जाँचपास रोकियो
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
प्रतिक्रिया