मंगलबार, वैशाख १५, २०८३

न्युजिल्यान्डमा बाढीका कारण एक जनाको मृत्यु , हजारौं बिजुली बिहिन

मेरोन्यूज २०८२ फागुन ५ गते १५:१०

Advertisement
NiccNicc

पछिल्लो समयमा भारी वर्षा र तीव्र हावाको साथ न्युजिल्यान्डमा आएको बाढीका कारण एक जनाको मृत्यु हुनुका साथै धेरै समुदायहरू बिजुली बिहिन भएको अधिकारीहरूले बताएका छन् ।

गत शुक्रबार देखि आएको गम्भीर आँधीले उत्तरी टापुमा आपतकालिन अवस्था निम्त्याएको जनाउदैँ वाइकाटो क्षेत्रीय परिषद्ले एक सय वर्षको अवधिमा वर्षाले असामान्य बाढी र आँधी ल्याएको जनाएको छ ।

उत्तर टापुको ओटोरोहाङ्गा नजिकै आएको बाढीमा एउटा कार फसेर एक व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मङ्गलबार साउथ आइल्यान्डको क्राइस्टचर्चतर्फ अघि बढ्नु अघि सोमबार राजधानी वेलिङ्गटनमा पुगेको आँधीले देशभर त्रास जारी राखेको जनाइएको छ ।

ऊर्जा अपरेटर पावरकोले मङ्गलबार तल्लो नर्थ आइल्यान्डमा करिब १० हजार घर परिवार बिजुली विहीन भएको बताएका छन्, भने अर्को बिजुली कम्पनी ओरियनले क्राइस्टचर्च बाहिर ब्याङ्क प्रायद्वीपमा २०० भन्दा बढी घरपरिवार बिजुलीविहीन भएको जनाएको छ ।

वेलिंग्टन नजिकै, वैरारापा टाउनसिप लेक फेरी सहरमा पुग्ने सडक बाढीले बगाए पछि आवत जावत बन्द भएको जनाएको छ ।

क्राइस्टचर्च बाहिरको अकारोआ सहर पनि मङ्गलबार बाढीको कारण क्षेतिग्रस्त भएको न्युजिल्यान्ड यातायात विभागले जनाएको छ ।

राष्ट्रिय मौसम विज्ञान विभाग मेटसर्विसले सोमबार वेलिङ्गटनमा आएको हावा सन् २०१३ पछिको सबै भन्दा शक्तिशाली हावा भएको बताएको छ ।

सहरमा आएको हावाको गती १९३ किलोमिटर प्रति घण्टाको रेकर्ड गरिएको मेटसर्विसले जनाएको छ ।

प्रतिक्रिया