आइतबार, वैशाख २०, २०८३

वाडा अटो शो २०२६ हुँदै

मेरोन्यूज २०८२ फागुन ५ गते १६:००

काठमाडौं । पहिलो संस्करणको सफलतापछि पोखरामा दोस्रो पटक “वाडा अटो शो २०२६” आयोजना हुने भएको छ। पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसनद्वारा आयोजित उक्त कार्यक्रम आउँदो चैत्र ११ देखि १५ गतेसम्म पोखरा लेकसाइडस्थित तालबराही चोक नजिकको खेल मैदानमा हुनेछ।

Advertisement
NiccNicc

आयोजकका अनुसार अटो शोको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेज (जेम्स ईभेन्टस्) ले गर्नेछ। प्रदर्शनीका लागि स्टल बुकिङ्ग प्रक्रिया छिट्टै खुल्ने जानकारी आयोजकले दिएको छ। नेपाली नयाँ वर्ष २०८३ लाई लक्षित गरी आयोजना हुन लागेको यस अटो शोमा साना, मझौला र ठूला सवारी साधन, तिनका पार्टपुर्जा, लुब्रिकेन्ट, टायर, वित्तीय संस्था तथा सम्बन्धित अन्य व्यवसायिक कम्पनीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

कार्यक्रममा विद्युतीय (ईभी) तथा इन्धनबाट चल्ने (आईसी इन्जिन) सवारी साधनका नयाँ ब्रान्डहरू, विभिन्न विशेष छुट तथा अफरहरू, साथै सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिने आयोजकले जनाएको छ।

यस प्रदर्शनीले सवारी साधन खरिद–बिक्री, नयाँ प्रविधि र अटोमोबाइल क्षेत्रको विकासबारे सर्वसाधारण तथा सम्भावित ग्राहकलाई जानकारी दिने विश्वास आयोजकले लिएको छ।

प्रतिक्रिया