तीन किलो चाँदीसहित एक जना पक्राउ
मेरोन्यूज
२०८२ फागुन ५ गते १६:१३

काठमाडौँ। चन्द्रागिरी नगरपालिका– २ नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट रु १२ लाखको चाँदीसहित एक जना पक्राउ परेका छन् ।
वीरगञ्जबाट काठमाडौँ आइरहेको यात्रीवाहक बसमा शङ्का लागेर पर्साको फेटा गाउँपालिका–६ का आसु साबको झोला जाँच गर्दा गैरकानुनी रूपमा ल्याइएको करिब तीन किलो चाँदीका दाना फेला परेका नागढुङ्गास्थित प्रहरी प्रभागले जनाएको छ ।
चाँदीसहित अभियुक्तलाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमसक्ष पेस गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
सम्बन्धित
















मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया