विश्वकपमा आजदेखि सुपर–८ का खेल हुँदै, न्युजिल्याण्ड र पाकिस्तान भिड्ने

काठमाडौं। आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ का खेल आजदेखि सुरु हुँदैछन् । जस अन्तर्गत पहिलो खेलमा आज न्युजिल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
खेल श्रीलंकाको कोलम्बोमा नेपाली समयअनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ । प्रतियोगितामा पाकिस्तान समूह चरणका ४ मध्ये ३ खेलमा जित र एकमा हारसहित ६ अंक जोडेर समूह ए मा दोस्रो स्थानमा रहँदै सुपर–८ मा पुगेको हो भने समूह डी बाट तीनमा जित र एकमा हार बेहोर्दै ६ अंक जोडेको न्युजिल्याण्डले सुपर–८ को यात्रा तय गरेको थियो ।
२० राष्ट्र सहभागि प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर–८ मा पुगेका छन् ।
सुपर–८ मा पुगेका टोलीमध्ये समूह एकमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे तथा समूह दुईमा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन् ।
सुपर–८ को दोस्रो खेल भोलि (आइतबार) साविक विजेता भारत र उपविजेता दक्षिण अफ्रिकाबीच भारतकाे अहमदाबादमा प्रतिस्पर्धा हुनेछ । टी–२० विश्वकपको फाइनल खेल फागुन २४ गते हुनेछ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया