सवारी सुरक्षाका लागि ‘मापसे’ जाँचमा प्रहरी सक्रिय

गण्डकी। सवारी दुर्घटना न्यूनीकरणका लागि कास्की प्रहरीले मादक पदार्थ सेवन ९मापसे० जाँचलाई तीव्र पारेको छ ।
केही दिनअघि ‘मापसे’ गरी स्कूल बस चलाउने १० जना चालकलाई नियन्त्रणमा लिएको प्रहरीले आइतबार पोखराबाट छ जना सार्वजनिक सवारीसाधनका चालकलाई ‘मापसे’ गरेको आरोपमा पक्राउ गरेको हो ।
जिल्ला ट्राफिक कार्यालय र वडा प्रहरी कार्यालय राम बजारको संयुक्त टोलीले माइक्रो चालक २४ वर्षीया विवेक घले, ३८ वर्षीय नीरबहादुर सुनार, बस चालक ४६ वर्षीय रञ्जित बराल, ३२ वर्षीय बेलबहादुर विक, ४० वर्षीय गणेश खड्का र २९ वर्षीय प्रदीप परियारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
बिहान ४ बजेदेखि साँझ ६ बजेभित्रको समयमा जाँच गर्दा मादक पदार्थ सेवन गरेको पाइएकाले उनीहरूलाई पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ । प्रहरीले शनिबार फेवातालमा सञ्चालनमा रहेका डुङ्गा चालकहरूको ‘मापसे’ र लागुपदार्थ सेवन ‘लापसे’ जाँच गरेको थियो ।
४५ जना डुङ्गा चालकलाई जाँच गर्दा चार जना डुङ्गा चालकले ‘लापसे’ गरेको र एक जना डु¬ङ्गा चालकले ‘मापसे’ गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । पछिल्लो समय प्रहरीले कास्कीमा ‘मापसे’ जाँचलाई तीव्रता दिएको छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया