धादिङ बस दुर्घटनाको छानबिन गर्न समिति गठन
मेरोन्यूज
२०८२ फागुन ११ गते १२:३२

काठमाडौं। सरकारले धादिङ बस दुर्घटनाका बारेमा छानबिन गर्न समिति गठन गर्ने भएको छ । सोमबार बिहान गृह मन्त्रालयमा बसेको सरोकारवालाहरूको बैठकमा छानबिन समिति गठन गर्ने सहमति भएको हो ।
गृह मन्त्रालयकी सूचना अधिकारी उपसचिव रमा आचार्य सुवेदीका अनुसार मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा गृहसचिव, भौतिक तथा यातायात पूर्वाधार सचिव, सडक विभागका महानिर्देशक, सुरक्षा निकायका प्रमुखहरू, यातायात व्यवसायी महासंघ र मजदुर संघका प्रतिनिधि सहभागी थिए ।
पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस आइतबार राति करिब एक बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो ।
दुर्घटनामा परेर अहिलेसम्म १९ जनाको ज्यान गएको छ भने एक दर्जन बढी घाइते भएका छन् ।
सम्बन्धित

















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
प्रतिक्रिया