रसुवाका मतदान केन्द्रमा सिसी क्यामरा जडान

रसुवा। आसन्न निर्वाचनलाई थप पारदर्शी र विश्वसनीय बनाउन जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रमा सिसी क्यामरा जडान प्रक्रिया तीव्र बनाएको छ । हालसम्म उत्तरगया गाउँपालिकाका सबै केन्द्रमा जडान कार्य सम्पन्न भइसकेको र बाँकी चार गाउँपालिकामा छिट्टै सम्पन्न हुने जनाइएको छ । यस्ता क्यामरा ३६ मतदानस्थलमा रहने जनाइएको छ ।
निर्वाचन तयारीबारे जानकारी दिन आयोजित पत्रकार अन्तक्र्रियामा जिल्ला निर्वाचन अधिकारी राजन रायले अस्थायी मतदाता नामावली तयार भइसकेको, ३८३ कर्मचारी व्यवस्थापन भई मतदानमा खटिने ती कर्मचारीलाई आवश्यक तालिमसमेत प्रदान गरी सकिएको जानकारी दिए । उनका अनुसार मतपेटिकासमेत ५१ प्रकारका मतदान सामग्री तयारी अवस्थामा रहेका छन् ।
मतदाता शिक्षा प्रभावकारी बनाउन जिल्लाका २७ वडामा एक–एक जना स्वयंसेवक परिचालन गरिएका छन् भने पाँचैवटा गाउँपालिकामा एक÷एक जना अनुगमनकर्तासमेत खटाइ दैनिक प्रगति सङ्कलन भइरहेको छ । निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै पूर्वतयारी पूरा भइसकेको कार्यालयको भनाइ छ ।
निर्वाचन खर्च पारदर्शी बनाउन सबै उम्मेदवारका नाउँमा बैंक खाता खोल्ने काम पनि सम्पन्न भएको छ । हाल जिल्लामा ४१ हजार ४७१ मतदाता रहेको र निर्वाचनमा नौवटा दल र तीनवटा स्वतन्त्रसमेत १२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएको कार्यक्रम सञ्चालक निर्वाचन कार्यालयका नायब सुब्बा महेश आचार्यले जानकारी दिए ।

















शंकर पोखरेलले सार्वजनिक गरे पाँच संकल्प
Singha Durbar can be rebuilt: RSP Chair Lamichhane
निर्वाचनमा कुनै समीकरण हुँदैनः संयोजक दाहाल
भियतनाम जाने टेनिस टोलीको बिदाइ
कांग्रेस बदलेर आएका छौँ, अब देश बदल्छौँ : गगन थापा
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
प्रतिक्रिया