१९ अंकले बढ्याे सेयर बजार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९ दशमलव २७ अंकले बढेर दुई हजार ६७४ दशमलव २० को बिन्दुमा कायम भएको छ । यो शून्य दशमलव ७२ प्रतिशतको वृद्धि हो ।
आज ३४१ कम्पनीको एक करोड ३१ लाख ९३ हजार ४६२ कित्ता शेयर ५५ हजार २०६ पटक खरिद बिक्री हुँदा रु पाँच अर्ब ६४ करोड ८३ लाख १९ हजार ४१ दशमलव ३६ को कारोबार भएको छ ।
आज सबै समूहको उपसूचक बढेको छ । सलपा विकास बैंक लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी नौ दशमलव ९९ प्रतिशतले बढेको छ । सबैभन्दा बढी हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य चार दशमलव १६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको रु ३६ करोड पाँच लाख तीन हजार १४० बराबरको कारोबार भएको छ । त्यस्तै कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी अपि पावर कम्पनी लिमिटेडको १० लाख ४९ हजार ८४४ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया