एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन हुने अघिल्लो दिन बुधवार देशभर विभिन्न ठाउँमा शङ्कास्पद बस्तु भेटिएको छ ।
निर्वाचन बिथोल्न खोज्ने समूहले काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–२ स्थित चपली र नागार्जुन नगरपालिका वडा नम्बर–२ मा राखेको शङ्कास्पद वस्तु सेनाले निष्क्रिय पारेको छ ।
सुतली बमसहित पर्साको वीरगञ्ज महानगरपालिका-१६ का १९ वर्षीय कृष्ण यादव, १९ वर्षीय रोहित पटेल र १९ वर्षीय अबजित यादवलाई प्रहरीले पक्राउ गरेको छ।
देशभर १४ ठाउँमा शङ्कास्पद बस्तु भेटिएको नेपाल प्रहरीले जानकारी दिएकाे छ। सबै शङ्कास्पद वस्तुहरू आतङ्कित पार्ने उद्देश्यले नक्कली विष्फाेटक पदार्थ रहेकाे प्रहरीले जनाएकाे छ ।
कोशी प्रदेशको ताप्लेजुङ, मोरङ, सुनसरी र उदयपुरमा शङ्कास्पद बस्तु फेला परेको थियो । मधेस प्रदेशका पर्सा, धनुषा, महोत्तरी र सर्लाहीमा शङ्कास्पद बस्तु भेटिएको प्रहरीले जनाएको छ । कर्णालीको सुर्खेत र सुदूरपश्चिमको कञ्चनपुरमा शङ्कास्पद बस्तु भेटिएको थियो । गण्डकीको बागलुङ र कास्कीमा शङ्कास्पद बस्तु भेटिएको थियो । सबै शङ्कास्पद बस्तु सेनाको डिस्पोजल टोलीले निष्क्रिय बनाएको थियो ।


















नयाँ वर्षमा मस्त झुम्यो पोखरा
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
प्रतिक्रिया