टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
मेरोन्यूज
२०८२ फागुन २० गते २१:२६

टी–२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई १७० रनको लक्ष्य दिएको छ ।
खेल भारतको कोलकातास्थित ईडन गार्डेन्स मैदानमा भइरहेको छ। न्युजिल्यान्डका कप्तान मिचेल स्यान्टनरले टस जितेर पहिले बलिङ रोजेका थिए।
दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १६९ रन बनाएको हो । मार्को यानसन ३० बलमा नटआउट ५५ रन बनाएर टोलीलाई सम्मानजनक स्कोरमा पुर्याएका थिए । उनले ट्रिस्टन स्टब्ससँग छैठौं विकेटका लागि ४८ बलमा ७३ रनको साझेदारी गरे ।
यस साझेदारीले दक्षिण अफ्रिकालाई १५० रन पारमा पुर्याएको थियो । खेलको एक समय टोली ७७ रनमा ५ विकेट गुमाएर दबाबमा परेको थियो।
न्युजिल्यान्डको बलिङतर्फ म्याट हेनरी, कोल म्याककोन्ची र रचिन रविन्द्र ले समान रूपमा २–२ विकेट लिएर साउथ अफ्रिकालाई रोक्ने प्रयास गरे ।
सम्बन्धित
















नवलपरासीमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते
One dies in accident
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया