काभ्रेमा नौ ‘आपाराधिक उपद्रव’विरुद्ध अभियोग दर्ता

काभ्रेपलाञ्चोक । काभ्रे जिल्ला अदालतमा नौ ‘आपाराधिक उपद्रव’सम्बन्धी अभियोग मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलमा दर्ता भएका ती मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा दर्ता भएको हुन् ।
गत भदौ २३ र २४ गते भएको आन्दोलनमा संलग्न भएकाविरुद्ध परेको किटानी जाहेरीका आधारमा प्रहरीले निरन्तर अनुसन्धान गरी नौ मुद्दा दर्ता गरेको जनाइएको छ । यसअघि इलाका प्रहरी कार्यालय बनेपा, प्रहरी चौकी पाँचखाल र पनौती नगरपालिका ३ कुशादेवीस्थित गोपी थापाले दर्ता गरेको आपाराधिक उपद्रवविरुद्धको अभियोग दर्ता भएको थियो भने पछिल्ला महिनामा छ मुद्दा प्रहरीमा दर्ता गरिएका थिए ।
जिल्लास्थित सहायक जिल्ला न्यायाधिक्ता निष्ठा कर्माचार्यका अनुसार पनौतीका तत्कालीन नेपाली कांग्रेसका केन्दीय सदस्य शिवप्रसाद हुमागार्इं, पनौती नगर उपप्रमुख गीता बञ्जारा, पनौती नगर पूर्वप्रमुख भीम न्यौपाने तथा उनको छोरा दीपक न्यौपाने र २ नं वडाका अध्यक्ष पुरुषोतम अधिकारी तथा धुलिखेलका तत्कालीन नगरप्रमुख अशोक ब्याञ्जूलगायतले दिएको जाहेरीका आधारमा दर्जनौँ व्यक्तिविरुद्ध आपाराधिक उपद्रव मुद्दा दर्ता गरिएको हो ।
हुमागार्इंको जाहेरीमा ६ जनाविरुद्ध, अधिकारीले १४ जनाविरुद्ध, जाहेरीमा ११ जनाविरुद्ध, न्यौपानेद्वयले २०÷२० जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । यस्तै नगरप्रमुख रामशरण भण्डारीले दिएको जाहेरी भने तामेलीमा राखिएको जनाइएको छ । यसअघि आरोप लागी पक्राउ गरिएका अधिकांश धरौटीमा छुटेका छन् । निर्वाचनअघि सरकारले परिपत्र गरेपछि हिरासतमा रहेकलाई धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।
पूर्व नगरप्रमुख न्यौपानेले गत भदौ २४ गते घरमा भएको आगलागीका कारण रु ९४ लाख ९३ हजार ५१० क्षति भएको जाहेरीमा उल्लेख गरेका छन् । यस्तै दीपक न्यौपानेको जाहेरीमा रु ६० लाख ६२ हजार २८५, बञ्जाराको जाहेरीमा रु ८४ लाख १३ हजार क्षति भएको उल्लेख गरिएको छ । त्यस्तै अधिकारीले रु ६ लाख ५६ हजार, हुमागार्इंको रु ३६ लाख ७४ हजारको क्षति भएको उल्लेख छ ।
यसैगरी ब्याञ्जूको किटानी जाहेरीमा करिब रु ६० लाख क्षति भएको उल्लेख गरिएको छ । किटानी जाहेरी दर्ता गर्नेले आफ्नो घरमा आगजनी, तोडफोड तथा लुटपाट गरिएको उल्लेख गरेका छन् । जिल्ला प्रहरी प्रमुख कोमल शाहले दर्ता भएका मुद्दामा संलग्न भएकाको खोजीकार्य एवं थप अनुसन्धान भइरहेको बताए ।
जिल्ला प्रशासन कार्यालयका अनुसार आन्दोलनका क्रममा जिल्लाका विभिन्न १८ वटा सरकारी तथा निजी संरचनामा ठूलो क्षति प¥याइएको थियो । विशेषगरी नगरपालिका भवन, प्रहरी कार्यालय तथा जनप्रतिनिधिको घरमा तोडफोड र आगजनी गरी क्षति पु¥याइएको थियो । उक्त आन्दोलनका क्रममा काभ्रेपलाञ्चोकका चार जनाले काठमाडौँमा ज्यान गुमाएका थिए ।















काठमाडाैंकाे तापक्रम २५.४ डिग्री पुग्याे, नेपालगञ्जकाे ३२
बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन
बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका: टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
रेडमी नोट १५ फाइभ जी नेपालमा, कति पर्छ मूल्य ?
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
प्रतिक्रिया