किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडाैं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धनुषा निर्वाचन क्षेत्र नम्बर १ का उमेदवार किशोरी साह कमलको नाम कालोसूचीमा नराख्न कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश दिएको छ । सर्वोच्चले बिहीबार यस्ताे आदेश दिएको हो ।
कर्जा सूचना केन्द्रले कालोसूचीमा नाम राखेका कारण साहको उम्मेदवारी खारेज भएको थियो । त्यसपछि साहले सर्वोच्च अदालतका रिट दिएका थिए । सर्वोच्चका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले कालोसूचीबाट नाम हटाउन अन्तरिम आदेश जारी गरेको हो ।
यो आदेशसँगै साहको उम्मेदवारी कायम रहने भएको छ ।
निर्वाचनको दुई दिनअघि मात्र निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । उम्मेदवारी खारेज भए पनि धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न घण्टीमा भने अत्यधिक मत परेको थियो । तर सो क्षेत्रमा आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार निर्वाचित भएको घोषणा गरिसकेको छ ।
















मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट
गृहमन्त्रीले राजीनामा दिँदा राम्रो : हर्क साम्पाङ
जाजरकोटमा आगलागी हुँदा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
काभ्रेपलाञ्चोकमा वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया