बेलायतमा पाँचौं ए स्टार नेपाल बास्केटबल लिग मार्च १५ देखि

बेलायतमा रहेका नेपाली समुदायबीच बास्केटबल खेलको विकास र प्रवद्र्धन गर्ने उद्देश्यसहित पाँचौं संस्करणको ‘ए स्टार नेपाल बास्केटबल लिग २०२६’ आगामी मार्च १५ देखि सुरु हुने भएको छ। प्रतियोगिता नेपाल बास्केटबल यूकेको आयोजनामा तथा ए स्टार फाइनान्सियल सलुशन्सको सहकार्यमा सञ्चालन हुन लागेको हो।
आयोजकका अनुसार प्रतियोगिता जुलाई ४ सम्म सञ्चालन हुनेछ। यस वर्ष लिगलाई अझ समावेशी र व्यापक बनाउने लक्ष्यसहित आयोजना गरिएको हो। यस पटकको प्रतियोगितामा कुल १४ टोली सहभागी हुनेछन्, जसमा पुरुषतर्फ ११ टोली र महिलातर्फ ३ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
पुरुषतर्फ प्रत्येक टोलीले १० लिग खेल खेल्नेछन्। लिग चरणपछि उत्कृष्ट आठ टोली नकआउट चरण (क्वार्टरफाइनल) मा प्रवेश गर्नेछन्। महिलातर्फ भने ‘होम एन्ड अवे’ प्रणाली अनुसार प्रत्येक टोलीले दुई–दुई खेल खेल्नेछन् र त्यसपछि सिधै फाइनल खेल आयोजना गरिनेछ।
लिग चरणका खेलहरू फेल्थाम स्प्रिङवेस्ट एकेडेमी र एल्डरशट ग्यारिसनमा सञ्चालन हुनेछन् भने प्रतियोगिताको फाइनल खेल ब्रुनेल विश्वविद्यालयमा आयोजना गरिनेछ।
नेपाल बास्केटबल यूकेका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य बेलायतस्थित नेपाली युवाहरूको प्रतिभा प्रस्फुटन गराउनुका साथै समुदायबीच आपसी एकता र सम्बन्ध सुदृढ बनाउनु हो। युवाहरूको उत्साह र सहभागिताका कारण यो प्रतियोगिता वर्षेनी झनै लोकप्रिय बन्दै गएको पनि आयोजकले जनाएको छ।
प्रतियोगिताको टाइटल स्पोन्सर ए–स्टार फाइनान्स एन्ड सलुशन्स रहेको छ। यसका साथै बीएसके इन्टरटेन्मेन्ट, गुरखा कन्स्ट्रक्सन, नमस्ते गुरखा, नेपाल फुड्स, अनुग्रह बुलियन ज्वेलरी तथा आरडब्लु रूफिङ एन्ड प्रोपर्टी सर्भिसेस लिमिटेडले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन्।
लिगको विजेता टोलीलाई १२०० पाउन्ड नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताले बेलायतमा रहेका नेपाली खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदमार्फत नेपाली समुदायबीच एकता, उत्साह र आपसी सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ।















कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा बजेट अधिवेशन आह्वान
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
प्रतिक्रिया