ट्रम्पको दाबी खण्डन गर्दै इरानले भन्यो : हाम्रा नयाँ सर्वोच्च नेता घाइते भएका छैनन्

इरानले आफ्ना नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीलाई कुनै चोट नलागेको र पूर्ण रूपमा स्वस्थ रहेको दाबी गरेको छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले भनेका छन्, ‘खामेनी सामान्य रूपमा आफ्ना जिम्मेवारी निर्वाह गरिरहेका छन्।’
यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मोज्तबा घाइते भएको वा मृत्यु भएकाे हुनसक्ने दावी गरेका थिए । उनले मोज्तबा सार्वजनिक रुपमा नदेखिएकाे बताउँदै भने “मलाई थाहा छैन कि उनी जीवित छन् कि छैनन्। अहिलेसम्म कसैले पनि उनलाई देखाउन सकेका छैनन्, ।”
यसअघि बेलायती मिडिया आउटलेट द सनले फेब्रुअरी २८ मा अमेरिका-इजरायलले गरेको आक्रमणमा मोज्तबा घाइते भएको, एउटा खुट्टा काट्न परेको र त्यसबेलादेखि उनी कोमामा रहेको समाचार प्रकाशित गरेकाे थियो।
तर ती सबै दाबीलाई इरानका विदेशमन्त्री अराघचीले खण्डन गरेका हुन्। अमेरिकाले इरानका नयाँ सर्वोच्च नेतासहित इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रमुख नेताहरूबारे सूचना दिनेलाई एक कराेड डलरसम्म दिने घाेषणा गरेको छ।
















सिरहा कारागारमा विवाद हुँदा २२ जना कैदीबन्दी नियन्त्रणमा
न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनलाई पार्टीको पुनः समर्थन
प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही
कर्णाली मन्त्रिपरिषद् बैठक : दुई सडक राष्ट्रिय प्राथमिकतामा राख्न सिफारिस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
प्रतिक्रिया