मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने

जनकपुरधाम। मधेश प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने भएको छ । मधेस प्रदेशको आठवटै जिल्लामा खेत तथा बगैँचामा लगाइएका आँपको रूखमा अत्यधिक मजरी अर्थात् फुल लागेको छ ।
चैत÷वैशाखमा चल्ने हावाहुरी, असिना तथा मधुवा रोगको प्रभाव नपरे यस वर्ष मधेसमा आँप उत्पादन उल्लेख्य हुने सम्भावना छ । आठवटै जिल्लामा गत वर्षको तुलनामा यस वर्ष करिब ६० प्रतिशतभन्दा बढी आँप उत्पादन हुने मधेस प्रदेशको कृषि विकास निर्देशनालयका वरिष्ठ वागवानी विकास अधिकृत प्रदीपकुमार यादवले जानकारी दिए । यस वर्ष मधेसका किसानले करिब ३० हजार ८०० हेक्टर क्षेत्रफलमा आँप खेती गरेका छन् । मौसमअनुकूल रहेमा प्रदेशमा चार लाख मेट्रिक टनभन्दा बढी आँप उत्पादन हुने उनले बताए ।
मधेसका जिल्लामध्ये धनुषा, महोत्तरी, सिरहा र सप्तरी आँप उत्पादनका हिसाबले अग्रणी मानिन्छन् । व्यावसायिक रूपमा आँप खेती विस्तार हुँदै गएको यस प्रदेशले देशको कुल आँप उत्पादनको करिब ७६ प्रतिशत हिस्सा ओगट्ने गरेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्षमा मधेसका किसानले ३० हजार ६०० हेक्टरमा आँप खेती गरेका थिए । त्यसबेला प्रदेशमा तीन लाख ९५ हजार ९६२ मेट्रिक टन आँप उत्पादन भएको थियो ।
मधेसका किसानले विशेषगरी मालदह, बम्बै, कलकत्तिया, अम्रपाली र दशहरी नकुअवा, केरवा, विजु, सिपियालगायत आँपको खेती गर्दै आएका छन् । यहाँ उत्पादन हुने आँप स्थानीय बजारसँगै काठमाडौँलगायत देशका प्रमुख सहरमा पनि बिक्री हुने गरेको छ । यस वर्ष बोटभरि लागेको मञ्जरीले किसानलाई उत्साहित बनाएको छ ।
बगैँचामा यति धेरै फूल देखिएपछि व्यापारी ठेक्कामा लिन गाउँगाउँ पुग्न थालेको किसान विल्टु महतोले जानकारी दिए । आँप खेतीबाट मनग्य आम्दानी हुन थालेपछि पछिल्ला वर्षमा मधेसका किसान यसतर्फ आकर्षित हुँदै गएका छन् । कृषि विज्ञ भगिरथ यादवका अनुसार बगैँचा व्यवस्थापन र रोग नियन्त्रणमा ध्यान दिनसके मधेसमा आँप उत्पादनमा अझै वृद्धि हुने सम्भावना छ ।
नेपालमा विदेशी आँपको आयात पनि उल्लेख्य मात्रामा हुँदै आएको छ । प्लान्ट क्वारेन्टाइन कार्यालय भिठामोडका प्रमुख किशोरकुमार यादवका अनुसार गत आर्थिक वर्षको फागुनदेखि चालु आर्थिक वर्षको कात्तिकसम्म भारतबाट भिठामोड नाका हुँदै ३५९ मेट्रिक टन आँप नेपाल भित्रिएको थियो ।
















चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
Woman injured in Jajarkot fire dies
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
प्रतिक्रिया