बुधबार, चैत ११, २०८२

आयोन र एक्सपिङसहित सीजी मोटर्सकाे पोखरामा मेघा सेल्स तथा एक्सचेन्ज क्याम्प

मेरोन्यूज २०८२ चैत ११ गते १५:०८

काठमाडौं । नेपालमा आयोन र एक्सपिङ विद्युतीय सवारी साधनको आधिकारिक वितरक सीजी मोटर्सले पोखरामा मेगा सेल तथा एक्सचेन्ज क्याम आयोजना गर्ने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यस कार्यक्रममार्फत ग्राहकहरूले विश्वप्रसिद्ध विद्युतीय सवारी ब्रान्ड आयोन र एक्सपिङका मोडेलहरू नजिकबाट अनुभव गर्ने साथै विशेष तथा मूल्ययुक्त अफरहरूको लाभ लिन सक्नेछन् ।

यस क्याम्पमा आयोन र एक्सपिङ का विद्युतीय सवारीहरूमा आकर्षक बिक्री तथा एक्सचेन्ज अफरहरू उपलब्ध हुनेछन् । जसले प्रिमियम ईभी खरिदलाई अझ सहज बनाउनेछ । ग्राहकहरूले आकर्षक नगद छुट, अन-द-स्पट फाइनान्स सुविधा, १ वर्षको अटो प्लस बीमा, एक्सचेन्ज बोनस, वाल(माउन्ट होम चार्जर तथा चालु आर्थिक वर्षको वार्षिक रोड ट्याक्स सुविधाको लाभ लिन सक्नेछन् । साथै, कार्यक्रम अवधिभर दैनिक लक्की ड्रको व्यवस्था पनि गरिनेछ ।

यो एक्सचेन्ज क्याम्प चैत ११ देखि १४ गतेसम्म अर्चलबोट पोखरामा आयोजना हुनेछ । कार्यक्रममा सहभागी हुने आगन्तुकहरूले ग्राहक केन्द्रित वातावरणमा विशेष अफरहरू, टेस्ट ड्राइभ अवसरहरू तथा अपग्रेड अनुभव गर्न सक्नेछन् । जसले विद्युतीय सवारीतर्फको परिवर्तनलाई सरल र सहज बनाउने उद्देश्य राखेको छ ।

प्रतिक्रिया