विश्वशान्तिको कामना गर्दै कालीगण्डकी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन
मेरोन्यूज
२०८२ चैत १३ गते १९:१८

म्याग्दी । विश्व शान्तिको कामना गर्दै आज बेनीस्थित कालीगण्डकी नदी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन गरिएको छ।
विश्व हिन्दू महासङ्घ म्याग्दीले रामनवमी पर्वको अवसर पारेर कालीगण्डकी र म्याग्दी नदीको दोभान नजिकै दीप प्रज्ज्वलन गरेको हो।
विश्व शान्तिको कामनाका साथै बेनी बजारको धार्मिक पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यले दीप प्रज्ज्वलन गरिएको महासङ्घका उपाध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिए।
मध्यपूर्वका देशहरूमा भइरहेका द्वन्द्व हटेर शान्ति कायम होस् र नेपालमा शुक्रबार नै गठन भएको नयाँ सरकारले जनअपेक्षाअनुसार काम गर्न सफल होस् भन्ने कामनासहित दीप प्रज्ज्वलन गरिएको महासङ्घका अध्यक्ष दण्डपानी शर्माले बताए।
सम्बन्धित
















आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया