आइतबार, चैत १५, २०८२

अनेरास्ववियुद्वारा भृकुटीमण्डप क्षेत्रमा टायर बालेर सडक अवरुद्ध

मेरोन्यूज २०८२ चैत १४ गते १४:३४

काठमाडौं । नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गिरफ्तारीको विरोधमा विद्यार्थी संगठन अनेरास्ववियूले भृकुटीमण्डपमा प्रदर्शन गरिरहेकाे छ ।

Advertisement
nepal life insurencenepal life insurence

अनेरास्ववियुले पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई तत्काल रिहा गर्न माग गर्दै टायर बालेर प्रदर्शन गरेको हो।

प्रदर्शनका कारण साे क्षेत्रकाे यातायात अवरुद्ध भएकाे छ ।

शनिबार बिहान बसेको पार्टी सचिवालय बैठकले जनसंगठनहरूलाई विरोधमा उतार्ने निर्णय गरेको थियो । संयुक्त प्रदर्शन हुनुअघि विद्यार्थी संगठनले छुट्टै प्रदर्शन गर्न लागेको हो ।

जनसंगठनहरूको संयुक्त प्रदर्शन भने दिउँसो ३ बजे माइतीघरमा हुने जानकारी गराइएको छ।

प्रतिक्रिया