प्रजातन्त्रको रक्षाका लागि गाउँसम्म विचार पु¥याउनुपर्ने

चितवन । प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि विचारहरु गाउँसम्म पु¥याउन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।
प्रजातान्त्रिक विचार समाज चितवनको २७औँ साधारणसभा तथा ११औँ अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि दल र आमनागरिकमा यसको भाष्य के हो भनेर बुझाउन आवश्यक रहेको बताएका हुन् ।
कार्यक्रममा प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले देश र जनताले प्राप्त गरेको अधिकारको रक्षा गर्ने समय आएको बताए ।
जनताले प्राप्त गरेको अधिकार रक्षाका लागि आफ्ना विचारहरु गाउँसम्म पु¥याएर जनतालाई बुझाउन आवश्यक रहेको बताए । उनले भने, “राज्य सत्ता कहिले काँही निरंकुश बन्न सक्छ । त्यसको विषयमा आमजनतालाई बुझाउन आवश्यक छ ।”
समाजका पूर्वअध्यक्ष केदारनरसिंह केसीले आमजनताले लोकतन्त्रको महसुस हुने गरी यसको अर्थ जनतामा बुझाउन आवश्यक रहेको बताए । आमजनताको अधिकार रक्षाका लागि प्रजातान्त्रिक विचार समाजले आफ्नो सन्देश गाउँसम्म पु¥याउन आवश्यक रहेको उहाँको भनाइ थियो । ज्ञान र विचारको पुञ्जको रुपमा समाजमा सकारात्मक भूमिका खेल्न यो समाज सक्रिय हुन आवश्यक रहेको उनले बताए ।
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, वीरेन्द्र बहुमुखी क्याम्पसका पूर्वप्रमुख दयाराम पौडेल, नेपाल शिक्षक सङ्घ चितवनकी अध्यक्ष इन्दिरा मरहठ्ठाले समाजमा प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि आवश्यक सन्देश प्रवाह गर्न समाजको महत्वपूर्ण भूमिका रहने बताए । देशमा जब समस्या पर्छ त्यो समयमा शिक्षित वर्ग एक भएर लाग्न आवश्यक रहेको उनीहरुको भनाइ थियो ।
समाजका जिल्ला अध्यक्ष सुरेशचन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव विकास पौडेल, कोषाध्यक्ष सुनिता सडौलाले क्रमश साङ्गठनिक र आर्थिक प्रतिवेदन पेस गरेका थिए ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया