नाडाद्वारा प्रस्तुत ‘वाडा अटो शो २०२६’ मा बजाज चेतक ईभीको पोखरामा भव्य डेब्यु

काठमाडाैं । नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारीसाधनको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिसँगको सहकार्यमा बजाज अटो लिमिटेडले ‘वाडा अटो शो’को दोस्रो संस्करणमा नयाँ इलेक्ट्रिक चेतक ३५०१ प्रदर्शन गर्ने घोषणा गरेको छ ।
यो प्रदर्शनी पोखराको लेकसाइडस्थित तालबाराही चोकमा यही ११ देखि १५ चैतसम्म आयोजना भइरहेको छ ।
गण्डकी प्रदेशकै प्रमुख अटोमोबाइल प्रदर्शनीको रूपमा रहेको वाडा अटो शोले पोखरेलीहरूलाई चेतक ईभीको प्रत्यक्ष अनुभव लिने सुनौलो अवसर प्रदान गर्नेछ । स्टल नम्बर सी ३२ मा अवस्थित बजाजको यस प्रदर्शनीले चेतकको ऐतिहासिक विरासत र आधुनिक इलेक्ट्रिक प्रविधिको उत्कृष्ट सङ्गमलाई प्रस्तुत गर्नेछ ।
आगन्तुकहरूले चेतक ३५०१ लाई नजिकबाट नियाल्न पाउनुका साथै यसको मजबुत मेटल बडी, स्मार्ट टीफटी डिस्प्ले र नेपालको विविध भौगोलिक अवस्था सुहाउँदो सुरक्षा विशेषताहरूको प्रत्यक्ष जानकारी लिन सक्नेछन् । सहभागीहरूले लेकसाइडको सुन्दर रुटमा टेस्ट राइडका लागि दर्ता गर्न सक्नेछन् र प्रदर्शनीस्थलमै बुकिङ गर्दा उपलब्ध हुने विशेष ’अन–द–स्पट’ अफरहरूको लाभ समेत लिन सक्नेछन् ।
दिगो यातायातलाई विस्तार गर्ने बजाजको अभियानमा पोखराको यो प्रदर्शनी एक महत्वपूर्ण कोसेढुंगा साबित हुने विश्वास लिइएको छ ।

यस अवसरमा बोल्दै गोल्छा ग्रुपका निर्देशक श्री अभिमन्यु गोल्छाले भन्नुभयो, ‘पोखरा सधैं परम्परा र प्रकृति दुवैलाई आत्मसात् गर्ने शहरको रूपमा परिचित छ । वाडा अटो शोमा चेतक ३५०१ ल्याउनु भनेको यस सुन्दर सहरका लागि सुहाउँदो शान्त, प्रभावकारी र प्रतिष्ठित सवारीसाधन उपलब्ध गराउनु हो । गण्डकी प्रदेशका बासिन्दाहरूले चेतक ईभीले कसरी आफ्नो गौरवमय विरासतलाई आधुनिक प्रविधिसँग जोडेको छ भन्ने अनुभव गर्न पाउने कुरामा हामी निकै उत्साहित छौँ ।’
उत्कृष्ट निर्माण गुणस्तर, आकर्षक डिजाइन र टिकाउपनका साथ बजाज चेतक ३५०१ वाडा अटो शो २०२६ को मुख्य आकर्षण बन्ने निश्चित रहेको कम्पनीको दाबी छ ।
बजाज चेतक इलेक्ट्रिक दुईपाङ्ग्रे खण्डमा एक अग्रगामी नाम हो, जसले आफ्नो ऐतिहासिक विरासतलाई स्थायित्व, शैली र स्मार्ट कनेक्टिभिटीसँग जोडेको छ । क्लासिक डिजाइन र आधुनिक कार्यक्षमताको सङ्गम रहेको यो स्कुटर नेपाली बजारमा सबैभन्दा भरपर्दो इलेक्ट्रिक स्कुटरहरूमध्ये एकको रूपमा स्थापित छ ।















प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपाल भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि
इरान–अमेरिका तनावः सयौँ अमेरिकी सैनिक घाइते, मध्यपूर्वमा द्वन्द्व तीव्र
टोटल इनर्जिज र लक्ष्मी ल्युब आयलद्वारा ललितपुरमा टोटल क्वार्ट्ज अटो सर्भिसेजको आउटलेट स्थापना
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया