‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौँ। बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न सफल भएका छन् । बक्सिङ खेल क्षेत्रमा ‘हिमालय चितुवा’बाट विश्वपरिचित उनी ‘के वान क्रस ’ को उपाधि दुई पटक चुमेर नयाँ विश्व कीर्तिमान कायम गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।
जापानको टोकियो सहरमा शनिबार भएको सो प्रतियोगितामा हिमालय चितुवाले जापानका प्रतिस्पर्धी रिकुलाई नकआउटमा पराजित गर्दै पुनःदोस्रोपटक ‘टाइटल बेल्ट’को उपाधि रक्षा गरेका हुन् । ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’लाई बक्सिङ खेल क्षेत्रको सर्वोच्च प्रतियोगिता मानिन्छ ।
हिमालय चितुवाका पिता एवं बक्सर देव घिमिरेले दिएको जानकारीअनुसार अविरलले उक्त प्रतियोगिताको तेस्रो राउण्डको दोस्रो मिनेटमा जापानी खेलाडी रिकुले नकआउट गर्न सफल भएका थिए ।
टोकियो नागोयास्थित विश्व प्रसिद्ध एवं प्रतिष्ठित ‘हिट किक बक्सिङ क्लब’मार्फत हिमालय चितुवाले खेल्दै आएका छन् । हालसम्म उनीले तीनपटक हिट किकबक्सिङ तीनपटक टाइटल डिफेन्स गर्दै चार पटक हिट किक बक्सिङ टाइटल म्याच, अन्तरराष्ट्रिय किक बक्सिङ एसोसिएसन ९इस्का० टाइटल र केवान क्रस १७५ टाइटल जित हासिल गरिसकेका छन् ।
साथै हालसम्म २५ अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिँदै १९ मा जित निकाल्ने क्रममा १८ वटामा नकआउट गरी जित आफ्नो पक्षमा ल्याउने उनी पहिलो नेपाली बक्सर हुन् । साथै हालसम्म यस्ता उपाधि हासिल गर्ने उनीले पहिलो नेपाली बक्सर भएर नयाँ इतिहास कायम गरेका छन् ।















बाँकेमा अझै १३ जना उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च
पत्नीको खुट्टा काटेर भागेका पति १४ दिनपछि पक्राउ
प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपाल भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ
प्रतिक्रिया