नेपाल पत्रकार महासङ्घको स्थापना दिवसमा ५२ जनाले गरे रक्तदान

चितवन ।नेपाल पत्रकार महासङ्घ चितवन शाखाले आज यहाँ रक्तदान कार्यक्रम ५२ जनाले रक्तदान गरेका छन् । महासङ्घले ७१औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्थानीय प्रशासन र पत्रकारहरूसँगको सम्बन्धसँगै रक्तदानको महत्त्वका बारेमा प्रकाश पारेका थिए ।
पत्रकार महासङ्घका केन्द्रीय सदस्य नारायण अधिकारीले महासङ्घको स्थापनादेखि हालसम्म प्रेस एवं अभिव्यक्ति स्वतन्त्रता र पत्रकार सुरक्षाका लागि महासङ्घले गर्दै आएका कामका बारेमा प्रकाश पारेका थिए ।
महासङ्घ जिल्ला अध्यक्ष वसन्त पराजुलीको सभापतित्वमा भएको कार्यक्रममा जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरे, पत्रकार महासङ्घ चितवनका उपाध्यक्ष दीपेन्द्र अधिकारी, सचिव राजेश घिमिरेलगायतले महासङ्घको स्थापना दिवसको शुभकामनासँगै रक्तदान गर्नुहुने सबैलाई धन्यवाद दिए ।
कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष डा भोजराज अधिकारीलगायत पत्रकारसँग आबद्ध विभिन्न सङ्घ सङ्गठनका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी, सदस्य एवं पत्रकारहरूको सहभागिता रहेको थियो ।
जिल्लामा दैनिक १०० देखि १५० युनिटसम्म रगतको माग हुने गर्दछ । क्षेत्रीय रक्तसञ्चार कार्यालय भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार अहिले मागको आधा रगत सङ्कलन नहुँदा अभाव भएको छ । संघसंस्थाले गरेका रक्तदान कार्यक्रमहरूमा समेत रगत सङ्कलन कम हुने गरेको छ ।
रगतको अभाव भएपछि नेपाल रेडक्रश सोसाईटीले सूचना जारी गरेर रक्तदान गर्न अपिल गरेको थियो । सोपश्चात सङ्घसंस्थाहरूले रक्तदान गरिरहेको भए पनि माग थेग्न सकेको छैन ।
जिल्लामा रहेको बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पताल, भरतपुर अस्पताल, दुई ठूला मेडीकल कलेज र २० वटा भन्दा वढी नीजि अस्पतालमा आउने बिरामी र दुर्घटनाका घाइतेलाई धेरै रगत आवश्यक पर्ने गर्दछ ।
















सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
मलेखु–मुग्लिन सडक आजदेखि राति ६ घण्टा बन्द हुने
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
China pledges support for Nepal’s economic transformation with new government
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
प्रतिक्रिया