नाइजेरियाको बारमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो

यस अघि बन्दुकधारीहरूले नाइजेरियाको अशांत पठार राज्यको राजधानी जोस स्थित एउटा बारमा आक्रमण गरी कम्तिमा एक दर्जन मानिसहरूको हत्या गरेका थिए । आक्रमणको प्रतिशोधको क्रममा थप १० जनाको मृत्यु भएको स्थानीयहरूलाई उदृत गर्दै सोमबार एएफपीले जनाएको छ ।
नाइजेरियाको मध्य क्षेत्रमा रहेको पठार राज्यका ग्रामीण क्षेत्रमा बारम्बार हिंसा हुने गरेको जनाइएको छ । जुन किसानहरू बीचको भूमि विवादसँग जोडिएको छ ।
जोस नर्थ जिल्लाको अङ्गुवान रुकुबामा रहेको बार–एण्ड रेस्टुरेन्टमा आइतबार अज्ञात बन्दुकधारी समुहले गोली चलाउँदा कम्तीमा १२ जनाको मृत्यु भएको पठार रेडक्रसका सचिव नुरुद्दीन हुसैनी मगाजीले पुष्टि गरेका छन् ।
आक्रमणकारीले संयुक्त रूपमा गोली हान्दा १२ जनाको घटनास्थलमै मृत्यु स्थानीयलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
सरकारले संदिग्धहरूको नाम नखुलार्ई अनुसन्धान चलिरहेको बताएको छ ।
















वाइन उद्योगलाई विशेष सहुलियत दिन उद्योगीको माग
दुई दिनपछि खुल्यो अवरुद्ध बीपी राजमार्ग
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
सुदूरपश्चिमको १५ प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
साँखुमा गोली चल्यो
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया