आज पनि घट्याे नेप्से, ४७ अंकले घट्दा काराेबार कति ?

काठमाडौँ । नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन ७१ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोस्रो दिन पनि उच्च अंकको गिरावट देखिएको छ ।
सोमबार नेप्से परिसूचक ४७ दशमलव ७१ अंकले घटेर दुई हजार ८३१ दशमलव ३९ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ६५ प्रतिशतको गिरावट हो । आज ३४१ कम्पनीको तीन करोड १६ लाख ६ हजार ७१७ कित्ता शेयर एक लाख ५९ हजार ३२८ पटक खरिदबिक्री हुँदा रू १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार १६८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । आज २३७ कम्पनीको शेयर मूल्य घट्दा २६ वटाको मात्र बढेको छ । रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड, भुजुङ हाईड्रोपावर लिमिटेड, रिजलाईन इनर्जी लिमिटेड र होटल फरेस्ट इन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै सोलु हाईड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ७९ प्रतिशतले घटेको छ ।
















आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै
बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड
प्रअले छात्रवृत्ति रकम हिनामिना गरेपछि…
काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया