बुधबार, चैत १८, २०८२

दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

मेरोन्यूज २०८२ चैत १७ गते १२:५१

काठमाडौँ। भक्तपुर र महोत्तरीमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा स्कुटर दुर्घटना हुँदा काठमाडौँ महानगरपालिका–३२ का ३१ वर्षीय किरण पाण्डेको मृत्यु भएको हो ।

महोत्तरीको गौशाला नगरपालिका–३ इँटाटारमा मोटरसाइकल दुर्घटना हुँदा औरही नगरपालिका–१ का २३ वर्षीय धर्मेन्द्र साहको मृत्यु भएको हो ।

दुबै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया