ट्रम्पको सम्बोधन लगत्तै इरानद्वारा मिसाइल प्रहार सुरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दै इरानको सैन्य क्षमता पूर्ण रूपमा कमजोर भएको र युद्ध जितिसकिएको दाबी गरेको केही मिनेटमै इरानले इजरायल र बहराइनलगायत खाडी राष्ट्रतर्फ मिसाइलहरूको नयाँ लहर प्रहार गरेको छ।
इजरायली रक्षा बलका अनुसार इरानबाट प्रहार गरिएका ब्यालिस्टिक मिसाइलहरूका कारण मध्य इजरायल र तेल अभिभ क्षेत्रमा हवाई आक्रमणका साइरनहरू बजेका छन्। इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “खतरालाई रोक्नका लागि रक्षा प्रणालीहरू सक्रिय रूपमा सञ्चालन भइरहेका छन्।”
इजरायली सञ्चारमाध्यमहरूका अनुसार बिहीबार बिहान सबेरै दुई लहरमा मिसाइल प्रहार भएका छन्। पहिलो आक्रमणमा तेल अभिभ क्षेत्रमा केही मानिसहरू सामान्य घाइते भएको र नौवटा स्थानमा मिसाइलका अवशेषहरू खसेको रिपोर्ट गरिएको छ।
प्रारम्भिक रिपोर्ट अनुसार मध्य इजरायलमा ४ जना सामान्य घाइते भएका छन्। केही स्थानमा क्लस्टर बम प्रयोग गरिएको आशंका गरिएको छ, जसले गर्दा ठूलो क्षेत्रमा क्षति पुगेको हुन सक्छ।
ट्रम्पले आफ्नो सम्बोधनमा “इरानको मिसाइल प्रहार गर्ने क्षमता नाटकीय रूपमा घटेको” बताएका थिए। तर, यो पछिल्लो आक्रमणले इरानसँग अझै पनि इजरायलसम्म पुग्न सक्ने मोबाइल मिसाइल लन्चरहरू उल्लेख्य रुपमा बाँकी रहेको देखाउँछ।
















कैलालीका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
‘Former PM Adhikari’s dedication unparalleled’
वीरगञ्जमा गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो
बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
प्रतिक्रिया