शनिबार, चैत २१, २०८२

किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?

मेरोन्यूज २०८२ चैत २१ गते ६:२६

काठमाडौँ : शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा सीआईबीले उनलाई शुक्रबार पक्राउ गरेको हो। उनलाई शुक्रबार बयान पनि लिएर जिल्ला प्रहरी परीसर ललितपुरको हिरासतमा राखिएको छ ।

विहीबार मात्रै व्यवसायी दीपक भट्टलाई पनि ब्यूरोले पक्राउ गरेको थियो । अग्रवाल र भट्ट व्यवसायीक साझेदार भएको बताइको छ ।

सम्पत्ति शुद्धिकरणको मुद्दामा भट्ट पक्राउ परे लगत्तै थप अनुसन्धानका लागि शंकर समूहका प्रमुख अग्रवाललाई नियन्त्रणमा लिइएको प्रहरीले उल्लेख गरेको हो ।

शंकर ग्रुप अन्तर्गत जगदम्बा होल्डिंग्स र जगदम्बा समूहका दर्जनौं उद्योग तथा कलकारखाना सञ्चालित छन् । 

प्रतिक्रिया