शनिबार, चैत २१, २०८२

यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र

मेरोन्यूज २०८२ चैत २१ गते १२:२६

संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्थाबारे जानकारी लिन यूएईस्थित नेपाली दूतावासले पहल थालेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

दूतावासले घाइतेहरूको विवरण र स्वास्थ्य अवस्थाबारे स्पष्ट जानकारी माग्दै यूएईको विदेश मन्त्रालयलाई औपचारिक पत्र पठाएको हो ।

यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीका अनुसार घटनाबारे औपचारिक जानकारी अहिलेसम्म प्राप्त भइसकेको छैन । उनले यूएईको सरकारी सञ्चारमाध्यममार्फत सात जना नेपाली घाइते भएको खबर आएपछि दूतावासले यस विषयमा चासो लिएको बताए ।

शुक्रबार इरानले प्रहार गरेको ड्रोनलाई यूएईको वायु रक्षा प्रणालीले क्षेप्यास्त्र र अवरोधपछि अबुधाबीको अजबान क्षेत्रमा अवशेष खसेको थियो । जसका कारण ७ नेपाली घाइते, एकको अवस्था गम्भीर भएका थिए । जसमा ७ जना नेपाली र ५ जना भारतीय नागरिक थिए ।

गल्फ गल्फ न्युजका अनुसार आबुधाबीको अजबान क्षेत्रमा यो घटना भएको हो। यूएईको वायुसेनाको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले क्षेप्यास्त्र र ड्रोन निस्तेज पार्नेक्रममा त्यसका टुक्राहरु उनीहरु भएको ठाउँमा खस्दा यो घटना हुनपुगेको हो। 

प्रतिक्रिया