डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस

न्यूयोर्क । युनिभर्सल पिस फेडेरेसन (UPF) की सह-संस्थापक डा. हाक जा हानलाई २०२६ नोबेल शान्ति पुरस्कारका लागि औपचारिक रूपमा सिफारिस गरिएको छ।
यो सिफारिस युरोपियन युनियनका पूर्व विशेष दूत तथा FOREF युरोपका अध्यक्ष डा. जान फिगेलले प्रस्तुत गरेका हुन्।
सिफारिसमा डा. हानको दशकौं लामो शान्ति निर्माण, अन्तरधार्मिक संवाद, मानवतावादी सहयोग, र विशेषगरी कोरियाली प्रायद्वीपमा मेलमिलापका प्रयासलाई उच्च मूल्याङ्कन गरिएको छ।
डा. फिगेलले आफ्नो सिफारिसमा डा. हानका प्रमुख पहलहरू उल्लेख गरेका छन्: विश्वभर हजारौं शान्तिदूत नियुक्ति गरी धार्मिक तथा सांस्कृतिक विभाजनलाई जोड्ने प्रयास। कोरियाको शान्तिपूर्ण पुनर्मिलनलाई प्रोत्साहन गर्ने अन्तर्राष्ट्रिय Rally of Hope सम्मेलनहरू। विश्व शान्ति अभियन्ताहरूलाई सम्मान गर्ने Sunhak Peace Prize स्थापना। संयुक्त राष्ट्रसंघसँग UPF र Women’s Federation for World Peace मार्फत सहकार्य, जसले ECOSOC मा General Consultative Status पाएको छ। रियाली असैन्यीकृत क्षेत्र (DMZ) मा अन्तर्राष्ट्रिय शान्ति पार्क स्थापना गर्ने 38th Parallel Peace Initiative प्रस्ताव। Little Angels Children’s Folk Ballet of Korea मार्फत सांस्कृतिक कूटनीति।
डा. फिगेलले डा. हाक जा हानलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्दै भने, “डा. हाक जा हानले संवाद, सहयोग, र मानव गरिमाप्रति सम्मानमा आधारित जीवनभरको शान्ति निर्माणको प्रतिबद्धता देखाउनुभएको छ।” UPF अन्तर्राष्ट्रिय अध्यक्ष डा. टागेल्दिन हमादले भने, “उहाँको जीवन नै शान्तिका लागि उल्लेखनीय र निरन्तर लगानी हो, जसले सहयोगका प्लेटफर्महरू सिर्जना गरेको छ र विश्व शान्तिका आदर्शलाई व्यवहारिक कार्यमा रूपान्तरण गरेको छ।”
उत्तर कोरियामा जन्मिएकी डा. हानले मेलमिलाप र परिवार तथा समुदायलाई स्थायी शान्तिको आधारका रूपमा सुदृढ बनाउन आफ्नो जीवन समर्पण गर्नुभएको छ। उहाँले १९९२ मा Women’s Federation for World Peace र २००५ मा Universal Peace Federation स्थापना गर्नुभयो, जुन दुवै संस्थाहरू विश्वव्यापी सञ्जालमा विकसित भई शान्ति प्रवर्द्धनमा योगदान पुर्याइरहेका छन्।
नोबेल शान्ति पुरस्कारका नामांकनहरू गोप्य हुन्छन् र हरेक वर्ष सयौं नामहरू प्रस्तुत गरिन्छन्। तथापि, यो मान्यताले डा. हानको विश्व शान्ति तथा अन्तर्राष्ट्रिय सहयोगमा महत्वपूर्ण योगदानलाई उजागर गर्दछ।
















आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया