सुनचाँदीको मूल्य घट्यो, आज कारोबारको मूल्य कती ?
मेरोन्यूज
२०८२ चैत २६ गते ११:०२

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला रु चार हजार ३०० र चाँदी तोलामा रु १५० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८७५ कायम भएको छ ।
हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९९ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार २५ कायम भएको थियो । गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९१ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८२० कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१३ र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सम्बन्धित
















Twenty-six injured in bus accident
स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन
लागूऔषधसहित दुई जना पक्राउ
लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
डेपुटी गभर्नर पण्डितले लिए शपथ
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया